सुत्केरी सहकर्मीलाई बिदा उपहार


प्रकाशित मिति :2018-07-29 12:11:01

ललितपुर ।  संयुक्त राज्य अमेरिकाका केही शहरहरूमा कार्यलयका कर्मचारीहरूले आफ्नो वार्षिक तलबी बिदाको केही दिन प्रसूति बिदामा बसेका सहकर्मीहरूलाई उपहार स्वरुप दिने चलन बढेको छ ।

यो उपहार सुत्केरीलाई अरू उपहारहरू भन्दा बढी उपयोगी हुने गरेको छ । प्रसूति बिदामा बसेका महिलालाई सहकर्मीहरूको सहयोगबाट आराम गर्न र बच्चाको हेरचाह गर्न थप समय मिलेको छ ।

मिजोरी राज्यको कानसस शहरकी एन्जेला हुग्स त्यहाँको एउटा निजी कलेजको प्रशासनिक कार्यलयमा काम गर्थिन् । उक्त कार्यलयमा काम गर्न थालेको एक वर्ष पनि नपुग्दै उनले छोरी जन्माइन् । छोरी सात महिनामा नै जन्मेकी थिईन् ।

नयाँ कर्मचारी भएकोले हुग्स तलबी बिदाको लागि योग्य थिईनन् । उनले गर्भवती हुँदा एक दिनपनि तलबी वार्षिक छुट्टी लिएकी थिईनन् किनभने उनले त्यो बिदा बचाएर बच्चा जन्मेपछि त्यसको प्रयोग गर्ने योजना बनाएकी थिईन् ।

हुग्सको हाकिमले उनको बिदा बचाउने र लिने तनाब महशुस गरिन् । र, आफूले पाउने तलबी बिदाबाट ८० घण्टा हुग्सलाई अनुदान स्वरुप हस्तानतरण गरिन् । त्यसपछि सो कलेजमा नयाँ अभ्यासको शुरुआत भयो । उनका अरू सहकर्मीहरूले पनि आफ्ना बिदा उनलाई उपहार दिन थाले । यसरी हुग्सले आठ हप्ताको तलबी बिदा पाइन् । यो अवधिमा धेरैजसो दिन सहकर्मीहरूले उनलाई हस्तानतरण गरेका छुट्टीबाट नै थिए ।

‘यो बिदा सहयोगले मेरो परिवारमा पर्ने भार हटाइदिएको थियो । शिशुको जन्मपछि जिम्मेवारीमा ठूलो फेरबदल त आउँछ नै तर समय नपुगेर मेरो बच्चा जन्मेको हुँदा म ज्यादै भावुक बनेको थिएँ’ हुग्सले भनिन् । उनकी छोरी बेला अहिले एक वर्षकी भईन् ।

एकचालीस औद्योगिक राष्ट्रहरू मध्ये संयुक्त राज्य अमेरिका मात्र एउटा देश हो जहाँ तलबी प्रसूति बिदा अनिवार्य छैन । यो तथ्यांक अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विकास संस्था (ओइसीडी) ले दिएको हो ।

सुत्केरीहरूको लागि केही सुविधा बढेको छ । तर यो रोजगारी दिने संस्थाहरू पिच्छे फरक पर्छ । सन् २०१६ को तुलनामा सन् २०१८ मा तलबी प्रसूति बिदा बढेको छ । यो वर्ष ३५ प्रतिशतले सो बिदा बढेको छ ।

आफ्नो तलबी बिदा सहकर्मीहरूलाई अनुदानको रुपमा दिने वा नदिने भन्ने कुरा स्वेच्छिक हो । सन् २०१८ मा गरिएको कर्मचारी सेवासुविधा सम्बन्धी सर्वेक्षण अनुसार १५ प्रतिशत रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई तलबी बिदा आफ्नो कार्यलयका सहकर्मीहरूलाई दान दिन अनुमति दिने गरेका छन् ।

नेब्रास्काकी जेसी स्याम्पसनले पनि यो बिदा अनुदान कार्यक्रमबाट लाभान्वित भईन् । ३१ वर्षीया स्याम्पसन नेब्रास्काको स्वास्थ्य तथा मानव सेवा विभागमा काम गर्छिन् । उनले उक्त राज्यको सरकारी कर्मचारीहरूले सुत्केरी बिदामा बस्नेहरूलाई सहयोग स्वरुप दान दिएको बिदाको उपभोग गरिन् । उनले आफ्नो छोरो जन्मेपछि १२ हप्ता तलबी बिदामा बसिन् । उनका दुई छोराहरू छन् । नेब्रास्का राज्यमा सरकारी कर्मचारीहरूलाई तलबी प्रसूति बिदा भनेर छुट्याइएको छैन ।

‘यो बिदा अनुदान कार्यक्रमले गर्दा मैले मेरो बच्चासँग सुमधुर सम्बन्ध बनाउने मौका पाएँ । उसलाई स्तनपान गराउने राम्रो तालिका पनि बनाउन पाएँ’ स्याप्सनले भनिन्, ‘यसको लागि साथीहरूलाई धेरै धन्यवाद । उहाँहरूले आराम गरेर रमाइलो गर्ने छुट्टी मेरो लागि दिनु भयो ।’

संयुक्त राज्य अमेरिकामा १८ वर्ष मूनिका बालबालिका भएका ७० प्रतिशत आमाहरू श्रमदाताका रुपमा काम गर्छन् । ती मध्ये ७५ प्रतिशत पूरा दिन काम गर्छन् । चालीस प्रतिशत घरधूरीका १८ वर्षमूनिका बालबालिका भएका आमाहरू मुख्य अन्नदाताको रुपमा काम गर्छन् । सन् १९६० मा ११ प्रतिशत मात्र यस्ता घरधूरी थिए ।

साभारः– एबीसी न्यूज

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: