‘थाहा छ ?’ मोबाईल एप


प्रकाशित मिति :2018-07-29 12:18:00

–महिला खबर–
ललितपुर । नागरिकता घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित मोबाईल एप्लीकेशन ‘थाहा छ ?’ शुभारम्भ गरिएको छ ।

अक्सफामको सहयोगमा मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) ले तयार पारेको एप्लीकेशनको एक समारोहकाबीच राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरले शुक्रबार शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका ठाकुरले एप्लीकेशनले नागरिकता पञ्जिकरणको पक्षमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले अझै पनि महिलाहरु नागरिकता, एकल महिला सुरक्षा कोषको रकम पाउनबाट समेत बञ्चित हुने गरेको भन्दै यो एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषको बारेमा कानूनी प्रक्रिया थाहा पाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सरिता ज्ञवालीले एप्सबाट महिलालाई नागरिकता, एकल महिला सुरक्षा कोषबारे जानकारी पाउन सजिलो हुने बताइन् ।

अक्सफार्मका श्रीभक्त बस्नेतले यो एप्सलाई बढीभन्दा बढी क्षेत्रमा लैजान सके महिलाहरुलाई थप सहज हुने बताए ।

 डब्लूएचआरकी कोषाध्यक्ष निर्मला बस्नेतले एप्सबाट सबै प्रदेशका महिलाहरुलाई जानकारी पाउन सजिलो हुने बताइन् ।

कार्यक्रममा अक्सफार्मकी विपना धिमालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तीन महिनाअघि बनेको एप्स हालसम्म पाँच सय भन्दा बढीले डाउनलोड गरिसकेको बताइन् । उनका अनुसार एप्सलाई ७ हजार ४ सय ६७ जनाले हेरिसकेका छन् भने ४० वटा जिल्लामा डाउनलोड गरिएको छ ।

 

के हो ‘थाहा छ ?’ मोबाइल एप्स

आधुनिक सञ्चार संयन्त्र मार्फत नागरिकता, घटना दर्ता सम्बन्धी कानूनी कागजातहरु र एकल महिला सुरषा कोषमा महिलाहरुको पहुँच बनाउने उदेश्यले यो मोबाइल एप्सको निर्माण गरिएको हो ।

के छ एप्समा ?

यो मोबाइल एप्समा नागरिकता, घटना दर्ता तथा एकल महिला सुुरक्षा कोषसँग सम्बन्धीत चित्र कथा, अडियो नाटक, हाजिरी जवाफ, जानकारी पुस्तिका, नियमावली, महत्वपूर्ण फोन नम्बरहरु र सम्बन्धित सोधिने प्रश्नहरु राखिएको छ । जसबाट धेरैभन्दा धेरै जानकारी र ज्ञान पाउन सकिन्छ ।

कसरी पाउन सकिन्छ यो एप्स ?

यो एप्स सबैको लागि निःशुल्क हो । यो डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोरमा गएर ‘थाहा छ ?’ Thahachha ?  लेखेर खोज्न सकिन्छ । यसमा तपाईंले हरियो पृष्ठमा सेतो अक्षरले थाहा छ लेखेको बाकस पाउनुहुन्छ । त्यसलाई डाउनलोड गरी कुनै पनि समयमा इन्टरनेट विना नै हेर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: