हेर्नुस् कुन महिनामा कति महिला हिंसा


प्रकाशित मिति :2018-07-29 13:47:28

–महिला खबर–

ललितपुर । आर्थिक वर्ष २०७४-७५ मा सबैभन्दा बढी घरेलु हिंसाका घटना माघ र जेठ महिनामा भएको पाइएको छ ।

राष्ट्रिय महिला आयोगमा दर्ता भएका हिंसाका उजुरीका आधारमा यस्तो पाइएको हो । आयोगका अनुसार माघमा एक सय ३ र जेठमा पनि सोही संख्यामा घरेलु हिंसाका उजुरी दर्ता भएको थियो ।

यस्तै असारमा १ सय, वैशाखमा ९०, चैत्रमा ७७, फागुनमा ८३, पुसमा ३३, मंसिरमा २२, कार्तिकमा २३, असोजमा २४, भदौमा २३ र साउनमा २९ घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

यस्तै महिला हिंसाका घटना सबैभन्दा बढी वैशाखमा भएका छन् । वैशाखमा घरेलु हिंसाका ९ घटनाको उजुरी परेको थियो । यस्तै साउनमा ८, भदौ, असोज, कार्तिक, माघ र चैत्र महिनामा ५-५ घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

यस्तै असारमा २, जेठमा ८, फागुनमा ६, पुसमा १, मंसिरमा ३ वटा उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले महिला खबरलाई जानकारी दिए ।

गएको आर्थिक वर्षमा आयोगमा आएका ७ सय ९२ उजुरीमध्ये ७० घटनाको मिलापत्र भएको छ । यस्तै १ सय ६२ कानूनी सहायताका लागि ल्याकमा र २१ नेपाल बारमा पठाइएको आयोगले जनाएको छ ।

३१ जनालाई सुरक्षित आवासका लागि पठाइएको छ भने ५ जना बालबालिकालाई सिविनमा पठाइएको छ । यस्तै अन्य निकायमा १ सय २४ उजुरी पठाइएको सूचना अधिकार क्षेत्रीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: