लैंगिक हिंसा निवारण गर्न युवा परिचालन गर्नुपर्नेमा जोड


प्रकाशित मिति :2018-07-29 15:57:50

–महिला खबर–

लतिलपुर । समाजमा बढ्दै गएको लैंगिक हिंसा अन्त्य गर्न युवाको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । ल्याकद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरु नजिकको व्यक्तिबाटै हिंसामा पर्ने गरेको बताइन् ।

युवाहरुले हिंसालाई नै बुझ्न आवश्यक रहेको भन्दै जबसम्म लैंगिक हिंसा विरुद्ध सोचको विकास गर्न सक्दैनौ, तबसम्म यसलाई न्यूनिकरण गर्न नसकिनेमा न्यायाशीश मल्लको जोड थियो ।

कार्यक्रममा प्रा.डा.शशी अधिकारीले परम्परागत सोचलाई परिवर्तन गरेर नै लैंगिक हिंसा रोक्न सकिने बताइन् ।

लैंगिक हिंसालाई संविधान र कानूनले नै प्रत्याभूत गरे पनि त्यो लागू हुन नसकेको भन्दै डा.अधिकारीले युवाले नै त्यसलाई परिवर्तन गर्न सक्ने बताइन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्र प्रसाद पौडेलले लैंगिक हिंसा अन्त्य गर्न युवाको भूमिका विषयक प्रतिवेदन प्रस्तुत गर्दै लैंगिक हिंसाबाट महिला बढी पीडित हुने गरेको बताए ।

उनले नेपालमा एक करोड ७ लाख युवाहरु रहेको भन्दै उनीहरुलाई लैंगिक हिंसा अन्त्य गर्न परिचालन गर्नुपर्नेमा जोड दिए ।

ल्याककी अध्यक्ष अनिता थपलियाले महिलाहरुमाथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लैंगिक हिंसा हुने गरेको भन्दै न्यूनिकरण गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताइन् ।

ल्याकका सितल सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण अधिवक्ता पुण्यशिला दवाडीले गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: