आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस


प्रकाशित मिति :2018-07-30 11:40:07

–महिला खबर–

ललितपुर । आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाईंदैछ ।

नेपालमा पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिएको छ । पहिले नेपालका चेलिबेटिहरु बेचबिखनका निम्ति भारतमा लगिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा बेचबिखन हुने गरेको छ ।

खासगरी नेपाली महिलाहरु यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानव अंग बेचबिखनजस्ता कामका लागि बेचबिखनमा पर्ने गरेका छन् ।

नेपालबाट वर्षेनी कति मानिस बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक छैन । तर पनि विश्वमा सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको अनुमान छ ।

नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानून कार्यान्वयनमा ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: