मिटू अर्थात् म पनि


प्रकाशित मिति :2018-07-30 12:20:11

महिलाहरुले यौन हिंसाका कथाहरु किन सुनाउन थाले र यसको शुरुआत कसरी भयो ?

म पनि अर्थात् मिटू (#metoo) ह्यास ट्याग सामाजिक संजालमा छाउन थाल्यो । धेरै कलाकारहरुले यसको बारेमा कुरा गर्न थाले ।

सामाजिक संजालमा #मिटूले व्यापक स्थान पायो । इन्स्टाग्राम, फेसबुक र ट्विटरमा व्यक्तिगत हिंसाका कथाहरुको बाढि आउन थाल्यो अनि यो अभियानको शुरुआत भयो ।

मिटू भन्नाले के बुझिन्छ ? ह्यास ट्यागको शुरुआत कहाँबाट भयो ?

थाहा पाउनु पर्ने तथ्यहरु

मिटू ह्यास ट्यागको शुरुआत गायिका र अभिनेत्री एलिसा मिलानोले अमेरिकामा यौन हिंसा र उत्पीडनको अनुभवलाइ दर्शाउन शुरु गरेकी हुन् ।

उनले ट्विटरमा पोष्ट गरेर जो जसले यौन हिंसाको अनुभव गर्नु भएको छ । यसै ट्विटरमा रिट्विट गरि ३मिटू लेख्न आह्वान गरिन् । उनले यसको उद्देश्य दर्शाउन आफनो विचार स्क्रिन्सटमा राखिन् ।

उनले भनिन् ‘यदि सबै महिलाहरुले आफुमाथि भएको हिंसाको बारेमा ३मिटू भनेर स्टाटस लेखेमा समस्याको परिणाम बुझ्न सजिलो हुन्थ्यो ।’

ट्विटरमा ६१ हजार जनाको जवाफ र २२ हजार जनाले रिट्विट गरेर सन्देश फैलाए । सामाजिक संजालमा यो वाक्यांश (#मिटू) व्यापक भयो ।

मिलानोले हालसालै अनलाइन अभियान शुरु गरेता पनि #मिटू जस्ता अभियान ब्ल्याक अभियन्ता १० वर्ष अगाडि नै शुरु गरिसकेका थिए ।

सन् २००६ मा सामुदायिक आयोजक तराना बर्कले अल्पसंख्यक समुदायमा यौन हिंसा सम्बन्धी जागरुकता फैलाउन यस किसिमको आन्दोलन शुरु गरिसकेका थिए । अहिले उनको संस्थाले स्थानीय विद्यालयमा गएर शिक्षकहरुलाई श्रोत र साधनको प्रयोग गर्ने काम शुरु गरेको छ ।

बर्कको अनुसार #मिटू जस्तो वाक्याशं पीडितहरुलाई तिमीहरु एक्लै छैनौ र यस्तो कट्टरपन्थी कदमहरु संभव छ भन्ने आभास दिलाउनको लागि चालिएको हो ।

बर्कले भने ‘जसले यो ह्यास ट्यागलाई लोकप्रियता दिएको हो उसले एकपटक पनि फर्केर यस प्रकारको अभियान पहिले नै शुरु भइसकेको थियो भन्ने कुरालाई नजरअन्दाज गरिन् र यसलाइ नै पुनः लोकप्रियता दिने काम गरिन् ।

अहिले किन ?

बर्कको आन्दोलनले के देखाउँछ भने यौन हिंसाको मुद्दा वर्षौैदेखि विद्यमान भएतापनि #मिटूबारे हालसालै समाचार आउन थालेको हो । जब प्रसिद्ध सम्पादक हार्भे वेइन्स्टनलाई सार्वजनिक रुपमा उनीसँग काम गर्ने महिलाहरुमाथि उनले यौन दुर्व्यवहार गरेको आरोप लगाइयो । वेइन्स्टनको भनाइमा जति पनि यौन सम्बन्ध आपसी समझदारीमा नै भएको हो । उनका कानुनी परामर्शदाताले उनी प्रति लागेको यो आरोप झुटो हो भन्ने गरेका छन् ।

यो समाचारले चलचित्र क्षेत्रका ग्वेनेथ पेल्ट्रो, एंजेलिना जोली र केट बेकिन्सले जस्ता महिला कलाकारहरुलाई वेइन्स्टन र अन्य हलिउडका हस्तीहरुले गरेको यौन दुर्व्यवहारबारे अवाज उठाउन प्रोत्साहन गरे । अन्य पुरुष कलाकारहरुले पनि चलचित्र क्षेत्रमा हुने यौन हिंसालाई रोक्नु पर्छ भनेर आफ्नो कुरा राख्न थाले ।

हलिउडको एक कार्यक्रममा अभिनेत्री रीस वाइदरस्पुनले आफु १६ वर्षको हुँदा हलिउडको निर्देशकबाट यौन दुर्व्यवहार भएको जानकारी गराएका थिईन् ।

हालै मैले गरेको छलफलमा धेरै अभिनेत्री र लेखकहरुले आफ्ना अनुभव र कथाहरु मन फुकाएर सार्वजनिक गरे । त्यो यथार्थ मेरो लागि धेरै महत्वपूर्ण छ र यस्ता सत्य तथ्यको छलफल गरेमात्र आराम महशुस हुन्छ भन्ने मलाई विश्वास छ ।

कसले प्रयोग गरिरहेको छ ?

वाइदरस्पुन र वाइन्स्टाइन बाहेक अन्य सेलेब्रिटीहरुले पनि आफूले भोगेका यौन हिंसाका कथाहरु #मिटू राखेर भन्न थालेका छन् ।

अभिनेत्री अन्ना पाक्विन जो ट्रू ब्लड मार्फत आफ्नो पहिचान बनाएका छन् । उनले ट्विटबाट जवाफ दिए र र्डब्रा मेसिङ्गले त्यसलाई रिट्विट गरिन् र गाब्रिएला युनियनले त्यसैलाइ फेरी ट्विट गरे ।

लेडि गागाले पनि आफूले भोगेको यौन हिंसाबारे #मिटू भनेर ट्विट गरेकी थिईन् । अभिनेत्री इभान रेचल वुडले लेखिन्, ‘मलाई पनि पार्टी गर्ल भनेर लान्छना लगाइएको थियो । जसका कारण मलाई लजास्पद हुनप¥यो र जसको विरोध मैले #मिटू मार्फत गरें ।’

धेरै पुरुष अभिनेताहरुले पनि आफूले भोगेका यौन हिंसाको कुराहरु राखे ।

एक कमेडियन र राजनीतिक व्यंग्यकर्ता बैरि क्रिममिन्सले भने ‘जुनैपनि बलात्कार विवादको खुलासा जसले भोगेको छ उसलाई भन्दाबढी कसैलाई पनि थाहा हुँदैन होला ।’

आलोचनाहरु

प्रारम्भिक आलोचनाहरु मिलानोको ट्विटबाट बहिष्कार भएका केहि पुरुषहरुबाटै धेरै आएका थिए । पुरुषहरु पनि यौन हिंसाका शिकार हुन सक्छन् तर महिलाको तुलनामा अलि कम छन् ।

ह्यास ट्यागले पुरुषलाई लागेका दोष हटाउन प्रयोग गरियो र महिला माथि नै दोष थोपर्ने काम भयो ।

हिथर जो फोल्रसले लेखेका छन् हामीहरु किन अझैपनि महिला पीडितमै घरि घरि अल्झिरहेका छौं । जबकी पुरुष पीडक नै बढी जिम्मेवार छन् । यो सम्झाई राख्ने काम महिलाको मात्र हैन । आफूले आफूलाई सम्झाई हिंसा गर्न रोक्नु पर्छ ।

मेघ नोलानको भनाइको आधारमा नतिजाको बेवास्ता गरि दुःखद घटनाको अनुभव गरिरहन्छन् र जतिखेर पनि आफ्नो पीडाको प्रदर्शन गर्छन् । र्डलि वीस्टका ओलिभिया मेसरले सोधे महिलाहरु आफ्नो पीडा सबैले देख्न सकुन् भनेर सामाजिक सञ्जाल पोख्छदन् ।

#मिटू सामाजिक सञ्जालमा बाढी आए जतिकै आयौ तर सबैको कथा विस्तृत रुपमा भन्नै पर्छ भन्ने जरुरी छैन भन्ने कुराको पनि जानकारी गराइयो ।

साभार : इन्डीपेन्डेन्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: