म यसरी बेचिएँ‍‍…


सन्दर्भः अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

प्रकाशित मिति :2018-07-30 14:31:48

-सन्दिप वि.क-

ललितपुर । मेरो घर उदयपुर जिल्ला । अहिले ३० वर्ष पुगे । दलित परिवारको व्यक्ति । घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । बुबा घर बनाउने काममा मजदुरी गर्नुहुन्थ्यो ।

त्यसैले पढ्न पाइन । पाँच बहिनी, दुई भाइको म ठूलो दिदी । घरको आर्थिक अवस्था राम्रो नभएकै कारण पनि मलाई पढ्ने वातावरण थिएन ।

१३-१४ वर्षको उमेरमा काठमाडौंमा काम गर्ने, पैसा कमाउने रहर जाग्यो । साथीहरुको लहैलहैमा काठमाडौं आइपुगे । ललितपुरको लुभुकाे  एक घरमा काम पनि पाएँ । त्यो बेला ५ सय रुपैयाँ पारिश्रमिक दिन्थे । त्यहाँ २ वर्षजति काम गरे ।

त्यहाँ काम गर्दै जाँदा त्यहि ठाउँमा बस्ने केटासँग चिनजान भयो । १७ वर्षको उमेरमा हामीले भागेर विवाह ग¥यौ ।

विवाहपछि …

विवाहपछि हामी छुट्टै कोठा लिएर बस्यौं । उनी कपडा फ्याक्ट्रिमा काम गर्थे । विवाहको केही केहि महिनासम्म हाम्रो सम्बन्ध राम्रै थियो । ६/७ महिनापछि अनावश्यक टर्चर दिन थाले ।

कमाएको पैसा पनि अन्तै खर्च गर्ने । मलाई नदेखाउने । यही क्रममा मैले अर्कै विवाह गरेको छु भन्न थाले । त्यो बेलासम्म मेरो गर्भ बसिसकेको थियो ।

मलाई बाहिर कहिँकतै जान दिदैँनथे । कसैसँग बोल्न नहुँने । छोरा जन्मियो । छोरा वर्षदिन नपुग्दै उनले अर्को विवाह गरे । मेरो काठमाडौंमा कोही पनि थिएन । म छुट्टै कोठा लिएर काम गर्दै बस्न थाले । तर पनि ऊ मेरो कोठामा आउन छोडेन ।

छोरा चार वर्षको हुँदा समेत ऊ राती राती आउँथ्यो । मेरो कोठा हो नआइजा भन्दा पनि जति खेर पनि आउँथ्यो । शारीरिक र मानसिक यातना दिन्थ्यो । त्यसैमा मेरो फेरि छोरी भई ।

छोरी पाएपछि मैले सोचे । किन यसको स्वार्थको लागि म यसरी बस्ने भन्ने भयो । म लाचार भएर किन बस्ने । म पनि केही गर्न सक्छु भन्ने लाग्यो ।

ज्यामी काममा पनि कसैले काम नदिने । आफैलाई गाह्रो भएको थियो । वर्ष दिनसम्म धेरै दुःख भयो । छोरीलाई अगाडि बोकेर पनि भारी बोके । तर सानो छोरी भएकै कारण कसैले पनि काम दिदैँनथे ।

नानी नौ महिना पुगेकी थिई । म क्रिश्चियन । मेरो पास्टरले मेरो समस्या थाहा पाउनु भएछ । उहाँले क्रिष्टियन होस्टेलमा बस्न आग्रह गर्नुभयो । तीन दिनसम्म सोचे ।

त्यसपछि छोराछोरी त्यहि लगेर बसेँ । त्यहाँ श्रीमान आउन सकेनन् । गोदावरी मानडाँडा भन्ने ठाउँमा बस्थे । त्यहाँ बस्दाबस्दै केही गर्ने सोच आयो । तर नागरिकता थिएन ।

श्रीमान भएको ठाउँमा नागरिकता बनाउन भनेर पनि गए । विदेश जान्छु भने । विदेश जान्छे भन्ने थाहा पाएर एक वर्षसम्म पनि बनाइदिएनन् । एक वर्षपछि श्रीमानको आफन्तसँग गएर रोएँ । पासपोर्ट बनाए । छोरी पाँच वर्ष हुँदा विदेश जाने मनस्थिति बनाएँ ।

कमाउने आशमा विदेशीए

विदेश पुगेपछि धेरै पैसा कमाउने, छोरा छोरी पाल्ने सोचेकी थिएँ । दलाल मार्फत नै नेपालको विमानस्थल हुँदै दुवई पुगे । फ्रि भिषा भएकाले पैसा लागेन ।

मेरो आफ्नै इच्छोले गएको हो । दलालले मलाई वेटरको काम भनेर लगेको हो । दुवइमा पनि एजेन्ट रहेछ । त्यहाँ अफिसमा राखियो ।

दुवईमा किन्नै आएनन

त्यहाँ म जस्ता धेरै महिलाहरु थिए । स्पोन्सरहरु किन्न आउँथे । दुई हप्तासम्म मलाई कोही पनि किन्न आएनन् । म त के गर्ने भन्ने लाग्यो । पैसा कमाउन गएको मान्छे कसैले नकिनेपछि घर पो फर्किनु पर्छ कि भन्ने चिन्ता लाग्यो ।

एउटा साथीले यहाँ त गाह्रो छ काम गर्न । बरु ओमनमा काम सजिलो हुन्छ भन्न थालिन् । अर्को दिदीले ओमनमा त झ्न गाह्रो छ । तिमीहरु नजाऊ ।

एक दुई महिनामा कोही न कोही त आउला नि भनेकी त थिइन् । तर हामी त्यहाँ बस्दा बस्दा गाह्रो भयो । ग्राहक अनाउँदा उल्टो हामीलाई गाली गर्ने, कुट्ने गथ्र्यो । त्यहाँ तीन हप्ता बसेँ ।

भो यहाँ बसेर गाली र कुटाई खानुभन्दा ओमनमा छिटो छिटो स्पोन्सरहरु लिन आउँछ भनेर हामी त्यहाँबाट ओमन जान्छौ भन्यौ । त्यहाँको एजेन्टले हामीलाई ओमनको एजेन्टलाई बेच्यो ।

एक दुई महिनामा कोही न कोही त आउला नि भनेकी त थिइन् । तर हामी त्यहाँ बस्दा बस्दा गाह्रो भयो ।
ग्राहक अनाउँदा उल्टो हामीलाई गाली गर्ने, कुट्ने गथ्र्यो । त्यहाँ तीन हप्ता बसेँ ।

ओमनमा रहँदा …

नभन्दै ओमनमा मलाई किन्न छिट्टै आए । म एउटा अरेवियनको घरमा काम गर्न पुगे । त्यहाँ अर्की अफ्रिकन श्रमिक पनि थिइन् ।
तर उनी त्यहाँ पुरानो भएकै कारण उनले मलाई कुटपिट गर्न थालिन् । एकपल्ट मालिक्नीले सीसी क्यामेरामा मलाई उनले कुटेका दृश्य देखिन् । उनले त्यो केटिलाई हप्काइन् ।

मालिक्नीले त अन्तै जा । मलाई गाह्रो हुन लाग्यो दुई जनालाई राख्न । म सँधै घर हुँदिन के हुन्छ के । त जा भन्न थालिन् । एक महिनाको तलब दिएनन् ।

उनीहरुले नै अफिसमा पुर्याइदिए । त्यहाँको ८० रुपैयाँ तलब दिन्थ्यो । म फेरि अफिस जान मानिन् । मालिक्नीको श्रीमानले उसको दिदीको घरमा तीन दिन राखेर पिट्यो । फेरि ४ महिनाको तलब दिएर अफिसमै पुर्याइदियो । त्यहाँ फेरि मेडिकल भयो । पाँच महिनासम्म सबै काम जानी सकेको थिएँ ।

अर्को ठाउँमा बेचिदा…

अफिसमा बस्दा अर्को मालिक किन्न आयो । तीन दिनको तालिम दियो । मेरो पनि इक्जाम लियो । काम राम्रो छ मन पर्यो भन्यो ।
पाँच महिनासम्म राम्रै थियो त्यो घरमा । ६/७ महिनादेखि खानेकुरा दिन पनि बन्द गर्न थाल्यो ।

खानेकुरा पनि केही नदिने । पैसा त दिन्थ्यो । नेपालमा बोल्न पनि कार्डहरु ल्याइदिन्थ्यो । तर खानेकुरा बन्द नै गरिदियो ।
एक दिन त मुख नै खोले ।

म तेरो घरको खाना खादिन् । मेरो पैसाबाट किनेर खान्छु भने । तर मालिकले मैले तलाई किनेर ल्याएको छु । मैले जति दिन्छु त्यति खानुपर्छ भन्यो ।

तीन दिनसम्म मरेको जस्तो एक्टिङ गरे । कि त यिनीहरुले मलाई मार्छन् । कि त म नेपाल पुग्छु भन्ने लाग्यो । बस्दा पनि गाह्रो हुने । घर सबै घुमेको जस्तो हुने ।

१८ महिनासम्म मलाई गाह्रो भयो । खाली पानी खा भन्न थाल्यो । १८ महिनामा १५ दिन बाँकी थियो । यो मेरो अन्तिम अवस्था हो । कि मेरो लास जान्छ, कि सास भने लाग्यो । तीन दिनसम्म पानी पनि खाइन । किचनमा गएर लम्पसार भएर बसेँ । तीन गाँस भात दिन्थ्यो । १७ घण्टा खटिनुपर्ने । म कसरी सकुँ । म कमजोर हुँदै गएँ । काम गर्न गाह्रो भयो ।

तीन दिनसम्म मरेको जस्तो एक्टिङ गरे । कि त यिनीहरुले मलाई मार्छन् । कि त म नेपाल पुग्छु भन्ने लाग्यो । बस्दा पनि गाह्रो हुने । घर सबै घुमेको जस्तो हुने ।

त्यसपछि टिकट काट्ने आश्वासन दियो । वर्ष दिनको कपडा थुपारिदियो । एक हप्ता पानी खादैँ सबै काम सकँे ।
पाँच दिनसम्म घरका थोत्रा कपडा सबै धुन लगायो । रातीको १२, १ बजेसम्म घर पुछ्न लगाउँथ्यो । अन्तिममा मेरो एक महिनाको तलबले टिकट काटिदियो । जस्तो झोला बोकेर गएकी थिएँ, त्यस्तै फर्किएँ ।

जे होस् भाग्य बलियो रैछ । बिना पैसा भए पनि नेपाल पुग्न पाएँ । छोराछोरीको मुख देख्न पाउछु होला । म जस्तै पैसा कमाउने लोभमा कोही पनि विदेशमा नजानुस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: