सांसद महिलासँग छलफल


प्रकाशित मिति :2018-07-30 15:20:35

–महिला खबर–

ललितपुर । संकल्प नेपालले आज सांसद महिलाहरूसँग महिलाका सवालहरूमाथि छलफलका लागि परामर्श कार्यक्रम गरेको छ ।

छलफलमा भाग लिने सांसद महिलाहरूले सांसद र नागरिक समाजबिच महिलाका र सामाजिक सवालहरूमा सहकार्य र समन्वय हुुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने सांसद महिलाहरूले राज्यका हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था पालना नभएको भन्दै राजनीतिक दलहरूबाट गुम्ने खतरा रहेको बताए ।

यस्तै राजनीतिज्ञ महिलाहरूले महिलाका सवाल मात्रै नउठाएर पुरुषले कब्जा गरेका राष्ट्रिय सवाल र राजनीतिक सवालहरूमा समेत महिलाहरूको पकड हुनुपर्नेमा जोड दिए ।

नीति निर्माण तहमा महिलाहरूको सहभागिता नभएकै कारण महिलाको स्वीकृति बिना नै महत्वपूर्ण सवालहरू पारित हुने गरेको भन्दै महिलाको सहभागिता र स्वीकृति बिना महत्वपूर्ण विषय पारित हुन नहुनेमा छलफल गरियो ।

देशमा महिला तथा बालिका बलात्कार हुने क्रम बढेको भन्दै बलात्कारीलाई कस्तो सजायको व्यवस्था गर्दा घटना कम हुन सक्छन् भन्ने विषयमा समेत बहस र छलफल चलाउन जरुरी भएको पनि औंल्याइयो ।

कुनै पनि राजनीतिक दलको केन्द्रीय समितिमा महिलाको ३३ प्रतिशत महभागिता हुन नसकेकाले यसलाई सुनिश्चित गर्न चौतर्फी दवाव आवश्यक भएको औंल्याइयो ।

संविधान अन्तरगत बन्न लागेका ३०२ वटा कानुनलाई कसरी महिला मैत्री बनाउन सकिन्छ भन्ने कुरामा पनि छलफल भएको संकल्प नेपालकी अध्यक्ष लिली थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: