शिशु स्याहार केन्द्र र स्तनपान कक्ष स्थापना


प्रकाशित मिति :2018-07-31 16:59:39

–रमेश रावल–

कालिकोट । सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय कालिकोटले शिशु स्याहार केन्द्र र स्तनपान कक्षको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता, पासपोर्टलगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गरी शिशु स्याहार र स्तनपान कक्षको निर्माण गरेको हो ।

महिला सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बताए । ‘महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको स्थापना गरिएको छ’ उनले भने, ‘यसले गर्दा महिला सेवाग्राहीहरुलाई सजिलो हुनेछ ।’

जिल्ला प्रशासन कार्यालयमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरुलाई सजिलो होस् भनेर बस्नका लागि टेबुल कुर्सीको व्यवस्था समेत गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

‘लाइनमा उभिनुभन्दा सेवाग्राहीलाई बस्नलाई सजिलो होस् भनेर टेबुल र कुर्सीको व्यवस्था गरिएको छ ।’ उनले भने, ‘यसले गर्दा विगतमा जस्तै लाईन बस्नुपर्ने बाध्यता हटेको छ ।’

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने बृद्धबृद्धा, महिला, असक्त, बिरामीलगाएतका सेवाग्राहीलाई टेबुल र कुर्सीको व्यवस्थाले सहज हुने प्रमुख जिल्ला अधिकारी गौतमको बताए । ‘वृद्धवृद्धा, अशक्त र बिरामी सेवाग्राहीलाई यो सुविधाले सजिलो हुनेछ’ उनले भने, ‘प्रशासन कार्यालयलाई सेवा मैत्री बनाउन यो काम गरिएको हो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: