महिलाले गरे गाउँपालिका घेराउ


प्रकाशित मिति :2018-07-31 17:11:47

–महिला खबर–

कञ्चनपुर । बेल्डाँडी गाउँपालिका जिम्मेवार र जन उत्तरदायी नभएको भन्दै स्थानीय महिलाहरुले बेल्डाँडी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेको यो गाउँपालिका जिम्मेवार नभएको भन्दै जिम्मेवार बन्न गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको बेल्डाँडीकी अगुवा महिला शान्ती नाथले जानकारी दिइन् ।

बेल्डाँडी गाउँपालिकाबाट विनियोजित रकम हिनामिना भएको र बेल्डाँडी गाउँपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न ठूलो रकम विनियोजन गरे पनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै छाडा चौपाया व्यवस्थापन तुरुन्त गर्नुपर्ने माग राख्दै महिलाहरुले गाउँपालिकाको कार्याल्य घेराउ गरेका हुन् ।

महिलाहरुको ज्ञापन पत्र बुझदै बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला कर्कीले आफूहले ज्ञापन पत्रमा आएको कुराको छानबीन गर्ने र जहाँ बिग्रेको छ त्यहाँ सच्याएर लैजाने वचन दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: