बुहारी फर्काउन विशेष अभियान


प्रकाशित मिति :2018-07-31 17:32:22

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखाको विगु गाउँपालिका भित्रका अधिकांश बुहारीहरू छोराछोरी पढाउन अन्यत्र जान थालेपछि गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथामीकता दिदै विशेष अभियान सुरु गरेको छ ।

गाउँपालिकाका अधिकांश युवाहरू विदेश गएको र बुहारीहरू छोराछोरी पढाउन कि राजधानी कि सदरमुकाम चरिकोट बस्ने भएपछि विकास निर्माणको काममै समस्या भएकोले गाउँपालिकाले बुहारीहरूलाई गाउँमै बस्ने वातावरण बनाउन विशेष अभियान सुरु गरेको गाउँपालिका प्रमुख युधिष्ठीर खड्काले बताए ।

‘गाउँपालिका भित्रका बुहारीहरू छोराछोरी पढाउन सदरमुकाम चरिकोट र काठमाडौँ बस्ने भएपछि गाउँमा न खेती किसानीको काम हुन सक्यो, न विकास निर्माणका गतिविधि नै अगाडि बढ्न सक्यो’ गाउँपालिका प्रमुख खड्काले भने, ‘त्यसैले आर्थिक वर्ष ०७५÷०७६ मा शिक्षालाई विशेष प्राथामिकता दिँदै बुहारीलाई गाउँमै बस्ने वातावरण निर्माणको लागि विशेष अभियान सुरु गरेका छौ ।’

युधिष्ठीर खड्का, गाउँपालिका प्रमुख

गाउँपालिकाका बुहारीहरू छोराछोरी पढाउनकै लागि बाहिर बस्ने भएकोले शिक्षालाई विशेष प्राथामिकता दिईएको गाउँपालिका प्रमुख खड्काको भनाइ छ ।

गाउँपालिकाको प्रारम्भीक आँकडा अनुसार झण्डै २० देखि ३० प्रतिशत युवा रोजगारीको लागि देशका विभिन्न भाग तथा विदेशमा रोजगारीको लागि गएका छन् ।

विगु गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा शिक्षा क्षेत्रको सुधारको लागि ५० लाख रुपैया विनियोजन गरेको छ । गाउँपालिकाले अब गाउँपालिका भित्रका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था गर्ने र आवश्यकता अनुसार शिक्षक नियुक्ती गर्ने प्रकृया समेत सुरु गरेको छ ।

बुहारीहरूलाई गाउँपालिका भित्र फर्काउन नयाँ आर्थिक वर्षबाट सीपमूलक तालिम सञ्चालन गर्ने, पशुपालन तथा जडिबुटी खेतीलाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गर्ने कार्यक्रम समेत सुरु गर्ने गाउँपालिका प्रमुख खड्काले बताए ।

गाउँपालिकाले शिक्षासंगै स्वास्थ्य क्षेत्रको सुधारको लागि पनि विशेष योजना साथ काम गरिरहेको प्रमुख खड्काले बताए ।

विगु गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सामान्य रोजगारीको लागि कुनै पनि युवा तथा गाउँपालिकाका नागरिक सकेसम्म अन्यत्र जान नपर्ने अवस्था बनाउन सबै क्षेत्रलाई गुणस्तरीय बनाउने र सबैलाई रोजगार बनाउन सीपमूलक तालिम तथा व्यवसाय सञ्चालनको लागि प्रोत्साहित गर्ने प्रमुख खड्काले बताए ।

विगु गाउँपालिकाभित्र ९ माध्यामीक विद्यालय, ३ निम्न माध्यामीक विद्यालय र २५ प्राथामीक विद्यालय छन् ।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने र विद्यालयको अनुपातमा शिक्षक कोटा नभएकोले त्यसको व्यवस्थापनको लागि गाउँपालिकाले योजना निर्माण तथा कार्यान्वयनको लागि नयाँ आर्थिक बर्षबाट काम सुरु गर्ने गाउँपालिका प्रमुख खड्का बताउछन् ।

गाउँपालिका भित्रै नै गुणस्तरीय शिक्षा दिन सक्ने विद्यालय सञ्चालन भयो भने छोराछोरी बढाउनकै लागि बुहारीहरू गाउँपालिका बाहिर जानुपर्ने बाध्यता हट्ने खड्काको विश्वास छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: