बलात्कारीलाई जीवनको हक छ ?


प्रकाशित मिति :2018-08-01 12:09:40

-उमा पौडेल-

अन्डरवेयर मात्रै लगाएका एकजना पुरुषलाई जिउँदै जलाउँदै गरेको फोटो झ्वास्स फेसबुकमा देखें । तल लेखिएको थियो बलात्कारीलाई जिउँदै जलाउनुपर्छ । रातीको १० बजे । सुनसान गाउँ । पानी दर्किरहेको छ ।

यो फोटो देखेपछि मेरो मन शान्त हुन सकेन । उकुसमुकुस बढ्यो । किन किन आफूलाई आक्रामक महसुस गरें ।

किनकी, कन्चनपुरमा साथीको घरमा पढ्न गएकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको एक साता पनि बितेको छैन । सामाजिक संजाल, पत्रपत्रिका सबैतिर बलात्कारीलाई पत्ता लगाई सजाय दिने कुरामा चर्का स्वरहरू उठिरहेका छन् ।

यो घटनाले म पनि जलिरहेको छु । बलात्कारीलाई पनि जिउँदै जलाउनुपर्छ भनिरहेको छ मेरो अन्तरहृदयले । त्यसैले त्यो तस्वीर डाउनलोड गरें । अनि आफ्नो फेसबुक वालमा पोष्ट गरेँ र लेखेँ ‘हेल्लो सरकार मेरो देशमा पनि बलात्कारीमाथि यस्तै सजाय भएको हेर्न मन छ ।’

रात घर्किसकेकाले यो पोष्ट गर्नेबित्तिकै सुतें । भोलिपल्ट करिब ८ बजेतिर फेसबुक खोल्दा हिजोको पोष्टमा लाईक, कमेन्ट र पोष्टसँगै सम्बन्धित म्यासेज भरिभराउ थिए ।

मेरो स्टाटसमा सहमती र असहमती जनाउने कमेन्टको साथै इनबक्समा लगभग एकै थरीका म्यासेज देखें । नजिकैका साथी, आफन्त, र अरुबाट ‘यति राती अन्डरवेयर मात्रै लगाएको केटाको फोटो पोष्ट गरेर किन राखेको ? के भन्छन् मान्छेले डिलिट गर ।’ हो यस्तै भावका म्यासेज थिए ।

म म्यासेज देखेर अचम्ममा परें । जबकी मलाई यस्तो फोटो राखेको भनेर गाली गर्नेहरू बलात्कारपछिको त्यति निर्मम हत्याप्रति चूँसम्म बोलेका छैनन्, बोल्दैनन् ।

म्यासेज लेख्ने अधिकांश पुरुष थिए । केही महिला पनि । सबैजसो ‘बुज्रुक’ वर्गका । उनीहरूलाई केही रिप्लाई नै गरिन । आफ्नै मनलाई सोधें ‘के मैले गर्नै नहुने काम गरेँ त ? मनले कहिँकतै गलत गरिस् भन्ने नै ठहर्याएन ।

अनि पोष्ट हटाउनुपर्ने आवश्यकता ठानिन । बरु बढ्दो कमेन्टमा प्रतिक्रिया जनाउँदै गएँ । कतिले सहमतिका वाक्यहरू लेखे । कतिले मानवअधिकार उलंघन हुने चिन्ता पोखे ।

बलात्कार शब्द, घटना र यस सम्बन्धी समाचार सुन्यो कि मलाई एउटा घटनाको बेस्सरी याद आउँछ । २०६८ सालताका म पत्रकारिता गर्थें । एन्टेना फाउण्डेसन नेपालले उत्पादन गर्ने ‘नेपाल चौतारी’ रेडियो म्यागेजिनका लागि सिन्धुलीबाट मैले एउटा स्टोरी गर्नुपर्ने थियो ।

स्टोरीको थिम थियो, कुन–कुन उमेरका महिलाहरूलाई बढी बलात्कारको जोखिम छ र कतिले सजाय पाए ?

जिल्लाका प्रहरी प्रमुखसँग यस्ता घटनाबारे कुराकानी गर्न प्रहरी चौकीमा समय लिएर गएँ । उहाँले एकजना बलात्कारका आरोपितलाई भेटाईदिनुभयो । ११ वर्षकी बालिकालाई गोरु चराउन गएका बेला बलात्कार गर्ने २१ वर्षका युवक थिए उनी ।

उनलाई भेट्नेबित्तिकै एक्कासी शब्द निस्कियो, ‘निकै राम्रो काम पो गरिएछ त भाई ।’ शिर निहुराउँदै उनी बोले ‘यस्तो होला भन्ने सोचेकै थिईन ।’

सँगै गएका अर्का सहकर्मी बोल्नुभयो ‘अगाडि पनि कसैमाथि यस्तै गरेका थियौ र ?’ निहुरिएको शिर लगभग घुँडामै ठोकाउँला झै गरी उनले भने, ‘हो एकजना महिलालाई जंगलमै बलात्कार गरेको थिएँ । सानो बालिकालाई (यसपछि उनले भनेको शब्द यहाँ उल्लेख गर्न सकिन) … ।’

उनले अझ थपे, ‘पहिलो पटक त केही भएको थिएन । पुलिसले पक्रिन्छ भनेर अहिले मात्रै थाहा भयो ।’

उनले पहिलो पटक बलात्कार गरेकी महिला अधबैंशे थिइन् रे । त्यो घटना बाहिर निस्किएन । सायद महिलाले ईज्जत जाने डरमा घटना लुकाएको हुनुपर्छ ।

बालिकाले भनिन्, ‘मलाई सर्टमा गोजी भएको मन पर्दैन । किनकी सरले जहिले गोजिभित्र हात हाल्नुहुन्छ ।’

बालिका बलात्कार पछि उनी प्रहरी फन्दामा परे । त्यो पनि बालिकाका आफन्तले घटना दर्ता गराएका कारण । नत्र तेस्रो पटक पनि उनले अर्को अपराध गर्न सक्थे ।

५ महिना अघि, जाडोको समय थियो । मलाई बेलुकीपख ठेलामा बेच्न ल्याएको मःमः औधी मिठो लाग्ने । एकजना बैनीलाई साथै लिएर दिन बिराएर हामी निस्किरहन्थ्यौं । एकजना पुरुषले मानसिक सन्तुलन गुमाएकी एउटी महिलालाई खानेकुरा किनिदिएर जहिले खान आउ भन्दै पछि लगाएको दिनदिनै देखिरहेँ । पहिलो पटक यो घटना देख्दा नौलो लाग्यो तर पुरुषको व्यवहारमाथी शंका भएन ।

दोस्रो पटक पनि उहि घटना दोहोरिएपछि सोचें किन यो व्यक्तिले दिनुहुँ यी मानसिक सन्तुलन गुमाएकी महिलालाई खाने कुरा किनिदिरहन्छन् ?

अब मलाई ती पुरुषको व्यवहारप्रति शंका लाग्यो । तेस्रो पटक पनि आँखाले यहि घटना देखेपछि म ती पुरुषको पछि लाग्दै अलि परैसम्म पुगें । कुकुरलाई खाने कुरा दिन लागे झैं गरेर ती पुरुषले महिलालाई जबरजस्ती आफु भएतिर तानिरहेका थिए ।

आफ्नै आँखाले देख्यो, एउटा पुरुष उसको यौन ईच्छा पुरा गर्न मानसिक सन्तुलन गुमाईसकेकी महिलालाई खानेकुराको लालच देखाएर फकाउन समेत छाड्दैन ।

अर्को घटना, भुकम्प गएलगत्तै भूकम्पका कारण मानसिक त्रासमा रहेका बालबालिकालाई त्रास घटाउन तथा मनोरन्जनका लागि भन्दै एक ठाउँमा चित्रकला प्रतियोगिता गरिएको थियो ।

बलात्कार अमानवीय अपराध हो । अझ पछिल्लो दिनमा बलात्कारसँगै ज्यानै लिनेसम्मका क्रूर घटना सार्वजनिक भइरहेका छन् । एउटी अबोध बालिका वा महिलालाई बलात्कारपछि क्रूर तरिकाले हत्या गर्नेलाई जीवनको हक छ भन्न हामी कसरी सक्छौं ?

एउटी बालिकाले आफूले लगाउँने गरेको स्कुल ड्रेसमा सर्टको चित्र बनाएकी थिईन् । उनले त्यस चित्रमा सर्टको गोजी राख्ने ठाउँ केरेकी थिईन् । त्यो देखेपछि अचम्म मान्दै उनलाई सोध्दा भनिन्, ‘मलाई सर्टमा गोजी भएको मन पर्दैन । किनकी सरले जहिले गोजिभित्र हात हाल्नुहुन्छ ।’

बलात्कार अमानवीय अपराध हो । अझ पछिल्लो दिनमा बलात्कारसँगै ज्यानै लिनेसम्मका क्रूर घटना सार्वजनिक भइरहेका छन् । एउटी अबोध बालिका वा महिलालाई बलात्कारपछि क्रूर तरिकाले हत्या गर्नेलाई जीवनको हक छ भन्न हामी कसरी सक्छौं ?

हो हामी बलात्कारीलाई मृत्युदण्डको माग गरिरहेका छौँ । यद्यपि, संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपालले १९८४ को यातना तथा क्रूर, अमानवीय, अपमानजनक व्यवहार तथा सजाय नदिने संयुक्त राष्ट्रसंघको सन्धिमा सन् १९९१ मा नै हस्ताक्षर गरिसकेका कारण पनि संविधानमा मृत्युदण्डको व्यवस्था हुन सकेन ।

तर, सो सन्धिमा हस्ताक्षर गरेका अन्य देश मृत्युदण्ड दिँदा क्रूर र पीडादायी व्यवहार गर्न नपाउने हुनाले मृत्युदण्डका नयाँनयाँ उपायको खोजीमा लागेका छन् । नेपाल भने संयुक्त राट्रसंघको सन्धिमा हस्ताक्षर गरेकै कारण मृत्युदण्डको कानून बनाउन सकिँदैन भनेर पन्छिरहेको छ ।

बलात्कारपछिको पीडाले एउटी नारीले जीवनभर छिनछिन मरेर जीउनुपर्छ । समाजले उनको सम्मानको हक छिन्छ । एउटा खुसी परिवारको हक उनलाई दिँदैन । भलै कानूनले यी कुरा मान्दैन । तर, समाजमा गडेको गलत धारणाले यी कुरा मान्छ ।

अन्यथा नठानी एकपटक सोच्नुस् त, आज सुदूरपश्चिमकी एक बालिका बलात्कृत भईन् । तपाईंका पनि छोरी, आमा, दिदीबहिनी, श्रीमती छन् । उनीमध्ये एक बलात्कृत भइन् भने !

कल्पना गर्नुस् अनि त्यतिबेला हुनसक्ने आफ्नो अवस्थाको महसुस पनि गर्नुस् । र भन्नुस् त बलात्कारीलाई जीवनको हक छ ?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: