भारतले बलात्कारमा मृत्युदण्ड दिने


बलात्कारमा मृत्युदण्ड दिने भारत चौथो दक्षिण एसियाली देश

प्रकाशित मिति :2018-08-01 12:38:02

ललितपुर । भारतमा १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने प्रावधानसहितको विधेयक सोमबार लोकसभाले पास गरेको छ ।

पछिल्लो समय भारतमा बढ्दो बलात्कारको घटनापछि सरकारले तल्लो सदनमा विधेयक पेश गरेको थियो । सरकारले गत २१ अप्रिलमै विधेयकको समर्थन गरिसकेको थियो ।

केही समयअघि मात्र जम्मु–कश्मिरको कठुआ र उत्तर प्रदेशको उन्नावमा बालिकामाथि सामूहीक बलात्कारको घटना बाहिर आएको थियो ।

पास भएको विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्यु दण्ड र १६ वर्षभन्दा कम उमेरका किशोरी बलात्कार गर्नेलाई कडा सजायको व्यवस्था गरिएको छ ।

केही समयअघि जम्मु–कश्मिरको कठुआमा ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको थियो । विधेयकमा १२ वर्ष मुनिका बालिकामाथि बलात्कार गर्नेलाई न्युनतम २० वर्ष जेल वा मृत्यु दण्डको प्रावधान राखिएको छ । १६ वर्ष कम उमेरको बालिकामाथि सामूहिक बलात्कार गर्ने व्यक्तिलाई आजीवन जेल सजायको प्रावधान राखिएको छ ।

यस बाहेक महिलामाथि बलात्कार गर्ने दोषीलाई १० वर्ष श्रमसहित जेल वा आजीवन जेल सजाय हुने कानुन स्विकृत हुन सक्ने बताइएको छ । यसअघि यो मुद्धामा ७ वर्षको जेल सजायको प्रावधान मात्र थियो ।

सन् २०१२ मा दिल्लीमा गुडिरहेको एक बसमा कलेज पढ्ने छात्रा निर्भयालाई सामूहिक बलात्कारपश्चात हत्या गरिएपछि कानूनमा संशोधन गरेर बलात्कारका लागि अधिकतम मृत्युदण्डको सजायको प्रावधान राखिएको थियो ।

पाकिस्तान, बंगलादेश र अफगानिस्तानपछि भारत बलात्कारको अपराधमा मृत्युदण्ड दिने चौथो दक्षिण एसियाली देश बनेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: