एक तिहाइ बालबालिकाले पाउँदैनन् पूर्ण स्तनपान


सन्दर्भ : विश्व स्तनपान दिवस

प्रकाशित मिति :2018-08-01 13:52:46

-महिला खबर-

लतिलपुर । आज विश्व स्तनपान दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा यो दिवस जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाईंन्छ ।

नेपालमा हरेक आमाले आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै स्तनपान सप्ताह मनाउन थालिएको हो । यस वर्षको नारा ‘स्तनपान : जीवनको आधार’ राखिएको छ ।

गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

दुई–तिहाई बालबालिकाहरुलाई पूर्ण रुपमा स्तनपान

नेपालमा ६ महिना भन्दा मुनिका एक तिहाई बालबालिकाले पूर्ण स्तनपान पाउँदैनन् । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ मा नेपालका दुई–तिहाई बालबालिकाहरुले मात्रै पूर्ण स्तनपान गर्न पाउने उल्लेख छ ।

सर्वेक्षण नेपालको पुरै प्रतिनिधित्व हुने गरी ११ हजार ४० छनौट भएका थिए । ती घरपरिवारबाट १५–४९ वर्षका १२ हजार ८ सय ६२ जना महिला र सर्वेक्षण भएका घरपरिवारमध्ये आधा घरपरिवारबाट १५–४९ वर्षका ४ हजार ६३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो । यी मध्ये ९८ प्रतिशत महिला थिए ।

जून १९, २०१६ देखि जनवरी ३१, २०१७ सम्म गरिएको सर्वेक्षणका क्रममा नेपालमा ९९ प्रतिशत बालबालिकाहरुलाई कुनै न कुनै समयमा स्तनपान गराईएको पाइयो । तिमध्ये एक तिहाई बालबालिकाले भने पूर्ण स्तनपान पाएनन् ।

भने ४५ प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र स्तनपान गर्न नपाएका पनि सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, ‘आधा भन्दा बढी(५५ प्रतिशत) बालबालिकाहरुलाई जन्मेको एक घण्टा भित्र नै स्तनपान गराईएको पाइयो ।’

दश बालबालिकाहरुमध्ये तीन जनालाई आमाको दूध मात्र खुवाउने पर्ने अवधिमा अन्य खानेकुरा पनि खुवाईएको थियो, जुन खुवाउन स्वस्थवर्दक हुँदैन । चिकित्सकले सिफारिस पनि गर्दैन ।

विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिनासम्मका बालबालिकाहरुलाई पूर्ण रुपमा स्तनपान गराउनु पर्दछ । नेपालमा ६ महिना भन्दा मुनिका दुई–तिहाई बालबालिकाहरुलाई मात्रै पूर्ण रुपमा स्तनपान गराउने गरिएको पाईएको छ ।

तीन वर्षभन्दा मुनिका बालबालिकाहरुलाई औसतमा ३०.५ महिनासम्म स्तनपान गराइएको पाईएको छ भने पूर्ण रुपमा स्तनपान ४.३ महिनासम्म मात्र गराईएको पाईएको छ ।

बालबालिकाहरुलाई कुपोषणको जोखिमबाट जोगाउन ६ महिना पूरा भएपछि पुरक आहार खुवाउन शुरु गर्नुपर्दछ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकाहरुमा ८३ प्रतिशतलाई स्तनपानको साथै पुरक आहार पनि खुवाउने गरेको पाईएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: