न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डर्न छ हप्ताको प्रसूति बिदा सकाएर आफ्नो काममा यसै हप्ता फर्किन् ।
प्रधानमन्त्री आर्डर्नले ३८ वर्षको उमेरमा गत जुन महिनामा आफ्नो पहिलो बच्चालाई जन्म दिएकी थिईन् । निर्वाचित प्रधानमन्त्रीको पदमा हुँदा आमा बन्ने उनी दोस्रो महिला हन् ।
गत शनिबार उनले आफ्नो फेसबुक भिडिओ मार्फत् आफ्नो पदीय जिम्मेवारी सम्हाल्न थालेको पहिलो हप्तामा कस्ता कार्यहरूमा केन्द्रित हुनेछिन् भनेर एउटा खाका प्रस्तुत गरिन् ।
प्रसूति बिदामा बस्दा उनले आफ्नो कार्यभार उपप्रधानमन्त्री वीन्सटन पीटर्सलाई सुम्पेकी थिईन् । छ हप्ताको बिदामा रहँदापनि उनले मन्त्री परिषद्का दस्दावेजहरू पढ्ने गरेकी थिईन् । महत्वपूर्ण विषयहरूमा पनि उनीसँग परामर्श लिने गरिएको थियो ।
‘म धेरै प्रकारका कामहरू र भूमिका निर्वाह गर्ने पहिलो महिला होइन । म काम पनि गर्ने र बच्चा पनि जन्माउने पहिलो महिला पनि होइन । म भन्दा अगाडि धेरै महिलाले यो गरिसकेका छन्’ केही समय अघि त्यहाँको रेडियो अन्तर्वार्तामा उनले भनेकी थिईन् ।
उनी सन् १८५६ यताको सबैभन्दा कम उमेरकी न्यूजिल्याण्डकी प्रधानमन्त्री हुन् । सन् १९९० मा बेनाजिर भुट्टोले आफू प्रधानमन्त्री हुँदा छोरीलाई जन्म दिएकी थिईन् । प्रधानमन्त्रीको पद सम्हालेको बेला आमा बन्ने उनी पहिलो निर्वाचित व्यक्ति हुन् ।
साभारः–बीबीसी
Comment Here!