बालिका बलात्कारपछि हत्याको आरोपमा दुई पक्राउ


प्रकाशित मिति :2018-08-02 17:44:36

-महिला खबर

ललितपुर । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको हो ।

बलात्कारीलाई फाँसीको माग, बालिकाको शव उठ्न दिइएन

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै  गृहमन्त्री रामबहादुर थापा बादलले अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेकाे जानकारी गराए ।

यहि साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको थियो । मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताएका छन् ।

बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार

स्थानीय विद्यालयमा १० कक्षामा पढ्ने बालिका ट्युसन पढ्न गएकोमा नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: