‘युग’हरू खोजिरहेछौं


प्रकाशित मिति :2018-08-03 10:31:39

–सुनिता मैनाली–

रुन सकेको छैन
हाँस्न पनि सकेको छैन
रुन आँसुको भेल थेग्न नसक्ने आँखाहरू कमजोर भएका छन्
हाँसौ ओठहरू घाइते रन्कोमा छटपटाउदै छन्

          -सुनिता मैनाली-

डर त्रासको कालो बादलभित्र मडारिदैछौं
यो कालोभित्रै हामीलाई बुझ्ने युग पाठकहरू खोज्दैछौं
कतै बुट्यानले पो छेकेको छ कि ?
थुम्काले पो ओझेलमा पारेको छ कि ?

युगहरू फाट्टफुट्ट देखिन्छन्
कता कता आसाको दियो धपक्कै बल्छ
युगहरूसँग मिसिएर बुलन्द पार्न मन छ
हामी मान्छे हौ भन्ने नारा
ध्वस्त पार्न मन छ खोक्रो पुरुषवादले गाडेको जरा

समानताको बगैचा खोज्दै हिँडेका
म अनी अरु अनगिन्ती हामी
खरेडीले पटपट फुटेका खेतका गरागरामा
लखेटी लखेटी मारिदै छौँ

बाँच्ने यात्रामा लम्किएका हामी
कथित मानव अधिकारको हस्ताक्षरको फुलबुट्टे देशमा
म मान्छे हुँ भन्दै भिख माग्दै छौँ
अझ ट्याउँट्याउँ गर्दै छौँ
चिथोरिएको शरीरको साक्षीमा हाम्रै शरीरलाई नै दोष लाउने विरुद्ध
बौलाहा प्रतिकार गर्दै छौँ

दिनहुँ चिथोरिनु, निमोठिनु
चिथोर्ने निमोठ्ने सत्ताका कर्मीकहरूले
कथित पुरुषार्थको मैमत्त आडमा हाम्रो खिल्ली उडाउदा
हामी भने निर्णायक संघर्षको तयारीमा युग पाठकहरू खोजिरहेछौं ।

(युग पाठकको ‘एक लज्जित पुरुषको बकपत्र’ पढेपछि)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: