नेपाली चलचित्रमा महिलाका विषय प्रधान


प्रकाशित मिति :2018-08-03 17:13:02

–महिला खबर–

ललितपुर । महिलालाई सँधै दयाको पात्रको रुपमा देखाइने नेपाली सिनेमाको प्रवृत्ति परिवर्तन हुँदै आएको चलचित्र क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

 पछिल्लो समय महिलाका विषयलाई प्राथमिकता दिएर चलचित्र निर्माण हुने क्रम बढेको उनीहरुले बताएका हुन् ।

अभिनेता राजेश हमालले पछिल्लो समय महिला प्रधान चलचित्र ठूलो पर्दामा देखिन थालेको बताए ।

सञ्चारिका समूहले उत्पादन गर्ने टेलिभिजन कार्यक्रम समकोण छायांकनमा बोल्दै उनले पुराना चलचित्रको दाँजोमा पछिल्लो समयमा महिलाका कथावस्तुलाई चलचित्र निर्माताले बढी प्राथमिकता दिन थालेका पनि बताए ।

चलचित्र समिक्षक डा.अर्चना थापाले नेपाली चलचित्रले महिलालाई जहिल्यै दयाको पात्रमा सीमित गर्न खोजेको टिप्पणी गरिन् । नेपाली चलचित्रले समाजका कुरा बोल्ने भन्दैमा महिलालाई दया र सहानुभूतिको पात्रका रुपमा मात्रै देखाएर अझ कमजोर बनाउन खोजेको उनको भनाइ थियो ।

नायिका निता ढुंगानाले भने अहिले महिला समाजमा कमजोर पात्रकै रुपमा रहेको बताईन् । उनले सोही अवस्था चलचित्र मार्फत देखाईएको भन्दै आफ्नो कलाकारिता क्षेत्रको बचाउ गरिन् ।

यसैबारे तयार गरिएको छलफल आज आइतबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: