महिला बेचबिखन बढ्यो, उजुरी न्यून


प्रकाशित मिति :2018-08-05 15:57:38

–शेरबहादुर ऐर–

कैलाली । कैलालीमा महिला बेचबिखन तथा ओसारपसारका घटनामा लगातार बृद्धि भईरहे पनि प्रहरी प्रशासनमा उजुरी संख्या भने न्यून छ ।

कैलालीमा कार्यरत माईती नेपाल, थ्री एन्जल्स नेपाल र शान्ति पुनस्र्थापना गृहको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४\०७५ मा बेचबिखनमा परेका दुई सय नौ जना महिला तथा बालिकाको उद्धार गरिएको छ ।

माइती नेपालको कैलाली शाखाले आर्थिक वर्ष २०७४\०७५ मा गौरीफन्टा नाका भएर भारततर्फ लैजादै गरेका एक सय १९ जना महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

त्यस्तै, थ्रि एन्जल नेपालले १९ र शान्ति पुनस्र्थापना गृहले गौरिफन्टा नाका हुँदै भारततर्फ लैजादै गरेका ५२ जनाको उद्धार गरेको जनाएको छ ।

माईती नेपालले अघिल्लो आर्थिक वर्ष २०७३\७४ मा भारत तर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरेको तथ्यांक छ ।

विभिन्न बहानामा भारततर्फ लैजादै गरेका महिला तथा बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने संख्या वर्षेनी बढ्दै गए पनि जिल्ला प्रहरी कार्यालयमा भने न्यून संख्यामा मात्रै उजुरी आउने गरेको देखिएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३\७४ मा महिला बेचविखन तथा ओसारपसार सम्बन्धी चार उजुरी परेका थिए भने आर्थिक वर्ष २०७४\७५ मा नौ उजुरी परेका छन् ।

माइती नेपाल, थ्रि एन्जल्स र शान्ति पुनस्र्थापना गृहसहितका संघ संस्थाले उद्धार गरिएका प्रायः महिलाले आफूहरू नातागोताका व्यक्ति, इष्टमित्र, छिमेकी तथा अज्ञात व्यक्तिको प्रलोभनमा परेर रोजगारी गर्न अथवा विवाह प्रयोजनका लागि भारत जान लागेको बताउने गरेका छन् । एक अध्ययन अनुसार नेपालबाट वर्षेनी १५ हजार बढी नेपाली महिला\युवती भारत वा भारत हु“दै तेस्रो मुलुक पु¥याइने गरिएको छ ।
उद्धार गरिएका महिलाहरूसँगको कुराकानीका क्रममा उनीहरु प्रायःले राम्रो रोजगारी पाइने आशामा विदेश जान लागेको बताउने गरेका छन् ।

राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारेर अवैध बाटोबाट विदेश लैजाने गरेको अध्ययनले देखाएको छ । नेपालबाट भारतसम्म पु¥याउन सीमा कटाउने व्यक्ति प्रायः फरार हुने भएकाले चेलीबेटी ओसारपसार तथा बेचबिखनमा संलग्न दलालहरुले उम्कने मौका पाइरहेका छन् ।

दलालले नयाँनयाँ तरिका अपनाएर चेलीबेटीलाई भारत लग्ने गरेको माइती नेपाल कैलाली शाखाका प्रमुख शिवचरण चौधरीले बताए । ‘गौरिफन्टा सीमानाका भएर भारत हुँदै तेस्रो मुलुकमा समेत चेलिबेटी बेचबिखन भइरहेको छ’ उनले भने, ‘यस्तो गिरोहका व्यक्तीले किनमेल गर्न सीमावर्ती बजार जान लागेको, स्वेच्छाले जान लागेको, आफन्त र परिवारका सदस्यका साथ जान लागेको भन्न सिकाउने गरेको पाइएको छ ।’

चौधरीले कैलाली र कञ्चनपुरको भारतसंग खुला सीमाना भएकाले दलालहरूलाई सीमा कटाउन सजिलो भएको देखिएको बताए । उनले नेपालका पूर्वि जिल्लाबाट समेत महिलालाई यो नाकाबाट लैजाने गरेको बताए ।

थ्रि एन्जल्स नेपाल कैलालीकी सहायक प्रमुख कमला साउँदका अनुसार बिशेषगरी विवाहित महिलाहरु फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गरेका छन् । ‘१६ देखि २० वर्षका युवतीहरु धेरै जसो बेरोजगारीका कारण दलालको फन्दामा परिरहेको भए पनि श्रीमान विदेश गएका कतिपय महिला अर्को बिहे गर्ने नाममा समेत दलालको हातमा परिरहेको पाइन्छ’ उनले भनिन्, ‘घरमा छोराछोरी छोडेर अर्कै पुरुषसंग भारत तर्फ गइरहेको अवस्थामा पनि केही महिलालाई उद्धार गरेर घर फर्काएका छौं ।

उनले बिना परिचय फोनमा कुरा भएको भरमा युवतीहरु घर छोडेर आउने र अर्को बिहे गर्ने रहरमा विवाहित महिलाहरु आफन्तबाटै बेचिने गरेको पनि कतिपय घटनाले देखाएको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: