बाजेको लौरी, नथिया र ऐलानीका शब्दप्रति आयोगको ध्यानाकर्षण


प्रकाशित मिति :2018-08-06 12:32:26

–महिला खबर–

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले वादी समुदायको आत्मसम्मानप्रति संवदनशील हुन आग्रह गरेको छ ।

आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गर्दै वादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण आग्रह गरेकी हुन् ।

सम्बन्धमा राष्ट्रिय बादी परिषद्का तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र प्राप्त भएसँगै आयोगले विज्ञप्ति जारी गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै निर्माण भएको चलचित्र “पण्डित बाजेको लौरी” र उपन्यास कृति “नथिया”र “ऐलानी”मा ठाउँ–ठाउँमा प्रयोग भएका शव्द र सन्दर्भहरुले वादी समुदाय र त्यस समुदायका महिलाहरुको आत्मसम्मानमा ठेस पुगेको र त्यसबाट सो समुदायको मानव अधिकारको उल्लङ्घन हुन गएको छ ।’

आयोगले सो सम्बन्धमा चलचित्र निर्माता तथा सम्बन्धित उपन्यासकारहरुलाई ध्यानाकर्षण पत्रको प्रतिलिपिसहित वादी समुदायप्रतिको उनीहरुको धारणा माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत सो सम्बन्धमा जानकारी माग गरिएकोे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था रहेको एवम् मुलुकी ऐन, अदलको महल १० (क) ले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र वहिष्कार वा निषेध गर्न नपाउने व्यवस्था प्रति गम्भीर रहन समेत राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: