यी सात विधेयक संसदमा पेस हुँदै


सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५पनि पेस हुँदै

प्रकाशित मिति :2018-08-06 14:33:04

–महिला खबर–

ललितपुर । सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ संघीय संसद्मा पेस हुने भएको छ । योसँगै अन्य सात विधेयक पनि संसदमा पेस हुने तयारीमा छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो ।

‘सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ स्वास्थ्य मन्त्रालयले तीन वर्ष लगाएर तयार पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत ऐन नियम परामर्श शाखाका कानून उपसचिव गंगा बहादुर खरेलले महिला खबरसँग कुरा गर्दै उक्त विधेयकमा सुत्केरी तथा जन्मिएका शिशुको निःशुल्क स्वास्थ्य उपचार पाउने, प्रजनन् अधिकार, गर्भपतनको अधिकार र शिशुको उपचार जस्ता विषय समेटिएको बताए ।

संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई प्राथमिकता दिँदै आएको बेला उक्त विधेयक संसद्मा प्रस्तुत हुन लागेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक २०७५ लाई समेत संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

संसदमा पेस हुन लागेका विधेयकहरुमा नेपाल नागरिक ऐन २०६३, भुक्तानी तथा फछ्यौंट विधेयक २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५, उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधयेक २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतीहरुको व्यापार नियन्त्रण पहिलो संसोधनसम्बन्धी विधेयक २०७५ रहेका छन् ।

आगामी असोज ३ गतेभित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धी कानुन सरकारले बनाइसक्नुपर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: