मेरो छोरा……


प्रकाशित मिति :2018-08-06 15:19:33

मलाई पछुतो नलगोस्
तिमीलाई यो धर्ती टेकाएकोमा
आज देशको परिस्थितिका कारणले गर्दा
नेपाली माटो उल्टिएको छ,
घाउहरू उकल्चिएको छ,
हावा र मौसम बिरक्तिएको छ
पानीले विकृति भित्र्याएको छ,
त्यसैले
सबै आमाहरूको हृदय आक्रान्त छ,
चिरिएको छ र चिच्याई रहेको छ ।

कृयशन योगि बिरङ्गना

हो यो संस्कारमा
सबैको मनमा यौटा
भबसागर आउँदो रहेछ,

प्रत्येक घरमा
तिम्रोजस्तै लिङ्ग भित्र्याउने होड्बाजी
पुरुषतर्फ हेर्दै म उभिएको समाजको बारी,
अर्काकी छोरीलाई जिस्काउन सिकाउने अभियान्ताहरूबाटै
छोरीको इज्जत जान्छ,
तर
छोरालाई अटल पुरुषकोरूपमा देख्ने आँखाहरू
निकै नै प्रफुल्लित हुँदै कुलत्तिएका छन् ।

आज हरेक सडकका गल्ली गल्लीमा
जिउको जीउँदै लाश बनाएका छन्,
छोरा जन्माएर ठूलो घरानीया बन्ने होडमा
भर्खर जन्मिन लागेकी शिशु नानीहरू
भू्रण हत्याराहरूबाट बलत्कार भएका छन्
र केही बचेकाहरू पनि दिनदहाडै
यौनको चपेटामा परेका छन्
अनि काल बिनाको जीवन आहुति दिएका छन् ।

दुख दर्दले जन्मदाताले देखेका सपना धुवाँ भए
सबै रूप वा कुरूप आमाले नै जन्माएकी हुन्,
सबै बलात्कारी पनि आमाले जन्माएकी हुन्,
त्यो कुलतमा फसेर यमराज बनेको छोरो पनि–
तिनै आमाले जन्माएकी हुन्,
हो ती सबै नै म जस्तै आमाले जन्माएकी हुन्,
तर उनको कोख रित्तो हुँदा बीजारोपण पुरुषले गरेको थियो ।

अनि
सबै छोराहरू बिग्रिएको पनि घरबाटै हो
यहीँका उच्च भनाउँदो समाजबाटै हो,
त्यसकारण
तिमीलाई यो धर्ती टेकाएकोमा पछुतो नलागोस् मलाई,
तिमी अरुभन्दा केही अलग हुने छौ

सबै दिदी–बैनी, छोरीलाई चेली मान्ने छौ
मेरो छोरा
तिमीले त्यतिमात्र मातृ वचन मान्यौ भने
मलाई हषानुभूति हुनेछ
अन्तिम मेरो आशा भनेको यति हो कि,
मलाई पछुतो नलगोस् ।

कोहलपुर, बाँके

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: