आमाको मृत्युपछि दुई भाइको विचल्ली


सहयोग र सहाराको खोजीमा

प्रकाशित मिति :2018-08-07 14:31:59

–प्रकाश सिंह–

बाजुरा । आमाको मृत्युपछि बुबाले वास्ता नगर्दा बाजुराका दुई भाई बालकको विचल्ली भएको छ । उनीहरु सहयोग र सहाराको खोजीमा भौँतारिरहेका छन् ।

बुढिगंगा नगरपालिका १० का १२ वर्षीय अनिल र १० वर्षका अरुण नेपाली सहयोग र सहाराको खोजीमा छन् ।

७० वर्षीया हजुरआमा इन्द्रा नेपालीले नेपाल सरकारबाट पाउने वृद्ध भत्ताको भरमा जसोतसो गुजारा गरिरहेको तीन जनाको घरमा कुनै दिन चुलो समेत नबल्ने भएपछि उनीहरु सहारा खोज्न थालेका छन् ।

आमा किडी नेपालीको पाँच वर्ष अघि सुत्केरी हुन नसकेर मृत्यु भएपछि वृद्ध हजुरआमा इन्द्राको भरमा बाँचिरहेका दाजुभाई पेटभरी खानसमेत नपाउने भएपछि समस्यामा परेका छन् ।

श्रीमतीको मृत्युपछि नाबालक छोराहरुलाई वेवारिस छोडेर बुबा मंगलले अर्को बिहे गरी भारत गएदेखि छोराहरुलाई सहयोग गर्नु त परै जाओस् सम्झेर खबर समेत नपठाएको हजुरआमा इन्द्राले दुखेसो पोखिन् । ‘म पनि उसैलाई जन्माउने आमा हुँ । तर मलाई नसम्झे पनि नाबालक आफ्नै छोरा पनि सम्झेको छैन’ इन्द्राले आफ्नै छोराबारे बोलिन् ।

आमा हुँदासम्म विद्यालय जाने गरेका नातीहरु खानाकुरा माग्न गाउँ जानुपर्ने भएका कारण र कापी कलम किन्ने पैसा नहुँदा स्कुल समेत पठाउन नसकेको इन्द्राको भनाइ छ ।

आफ्नो वृद्ध भत्ताको पैसाले वर्षभर खान नपुग्ने भएपछि आफू र नातीले गाउँका अरु जातीका घरमा खानेकुरा मागेर खाने गरेको पनि उनले बताइन् ।

पेटभर खान नपाएको पीडाले भौँतारिएका दाजुभाई एक हप्ता अघि बुबालाई खोज्न जाने भन्दै भारत जान घरबाट भागेका थिए । अछामको साँफेमा प्रहरीले सोधपुछ गर्दा बुबालाई खोज्न भारत जान थालेको बताएपछि प्रहरीले उनीहरु जोखिममा पर्न सक्ने भन्दै हजुरआमाको जिम्मा लगाएको थियो ।

बालककी हजुरआमा इन्द्राले पढ्ने लेख्ने उमेरमा नातीहरुलाई पेटभर खान समेत दिन नसेकेकोमा पीडाबोध गरिरहेकी छिन् । उनले नातीहरुको लालनपालन र पठनपाठनका लागि कसैले सहयोग गरिदिएको भए निकै ठूलो राहत मिल्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: