‘बलात्कारीलाई फाँसी दे’ (फोटो फिचर)


प्रकाशित मिति :2018-08-07 17:19:40

-महिला खबर-

ललितपुर । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले श्रृङ्खलाबद्ध बालिका बलात्कार र हत्याको बिरोधमा आज मंगलबार काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको बबरमहलबाट सुरु भएको बिरोध र्यालीमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

प्रदर्शन पछि आयोजित कोणसभामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्ती शाहीले केही दिनयता देशभर श्रृङ्खालाबद्ध रुपमा बालिकामाथि बलात्कार हुँदा पनि अपराधीलाई सरकारले कारबाही गर्न नसकेको बताईन् ।

र्यालीमा सहभागी महिलाहरुले अबोध बालिका बलात्कार गर्ने अपराधीलाई सरकारले कानूनी कठघरामा ल्याउन नसकेको आरोप लागउँदै गृहमन्त्रीको राजीनामा समेत मागेका थिए ।

अध्यक्ष शाहीले आधा जनसंख्या भएका नेपाली महिलाको संरक्षण गर्न नसक्ने लाचार सरकारको औचित्य नरहेको आरोप लगाइन् ।

कोणसभामा संगठनकी महासचिव सरस्वती केसीले बालिका बलात्कार गर्ने र प्रमाण नष्ट गर्न हत्या गर्ने अपराधी खुलेआम हिँड्दा पनि प्रहरी प्रशासनले कारबाही गर्न नसकेको बताईन् ।

संगठनले बालिका बलात्कार, हत्या र महिला हिंसाको विरोधमा देशैभर प्रदर्शन गर्ने तथा प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: