बलात्कारमा आजीवन कारावासको माग


प्रकाशित मिति :2018-08-08 15:14:17

–महिला खबर–

काठमाडौं । मानवअधिकारकर्मीहरुले बालिका बलात्कार गर्नेलाई सर्वस्व हरणसहित आजीवन कारावासको सजाय हुनुपर्ने माग गरेका छन् ।

रिपोर्टस क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं मानवअधिकरकर्मी सुदिप पाठकले समाजमा बढ्दै गएको बलात्कारजस्तो गम्भीर अपराधमा पनि प्रहरी अनुसन्धान फितलो भएकाले पीडितले न्याय पाउन नसकेको बताए ।

बलात्कार गर्ने अपराधीहरु मानसिक रोगी हुन् भन्दै पाठकले भने, ‘बलात्कारजस्तो अपराधमा पनि दोषीहरु फरार रहनु राज्यविहीनताको अवस्था हो ।’

कञ्चनपुरमा बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा प्रहरीले अपराधीहरुलाई अझै गिरफ्तार गर्न नसेकेकोमा प्रहरी प्रशासनमाथि प्रश्न उठाउदै पाठकले बालिकाहरुको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए ।

उनले महिलामाथि भएका हिंसाका घटनामा अदालतले गरेको फैसला समेत कार्यान्वयन नभएकाले पनि महिला हिंसा बढेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बलात्कार लगायतका महिला हिंसाका घटनामा संलग्न अपराधी फरार हुने र राज्यले नियन्त्रणमा लिएर कारवाही गर्न नसक्दा अपराधिक मानसिकता बढ्दै गएको बताइन् ।

नेपाल बार एसोसियसनका उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले महिलाका सन्दर्भमा बनेका कानुनहरु कार्यान्वयन गर्न सरकार चुकेको आरोप लगाउदै बलात्कारीलाई आजीवन सजायको माग गरिन् ।

विद्यमान मुलुकी ऐनमा दस वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई १० देखि १५ वर्षसम्म कैद सयाज रहेकोमा भदौ १ गतेदेखि लागु हुने मुलुकी फौजदारी संहिता ऐन २०७४ मा १० वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १६ देखि २० वर्ष कैद सजायको व्यवस्था हुन लागेको भए पनि त्यो कार्वाही अपुग भएको अधिकारकर्मीहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: