दाईजोको निहुँमा श्रीमती पिटेको घटना मिलापत्र


प्रकाशित मिति :2018-08-09 15:42:23

–महिला खबर–

ललितपुर । रुपन्देहीमा दाइजो नल्याएको निहुँमा प्रहरीमा कार्यरत श्रीमानले श्रीमतीलाई पिटेर घाइते बनाएका छन् ।

रुपन्देहीको कोटहिमाई गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीया प्रियंका नाउमाथि कुटपिट गरेका हुन् ।

प्रियंकाका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै उनले आफूलाई कुटपिट गरि घाइते बनाएको प्रियंकाले बताइन् ।

प्रियंकाले आफूलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिए पनि घटनामा मिलापत्र भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

लोकेन्द्रकी श्रीमती श्रीमानले पिटेको गुनासोसहित ईलाका प्रहरी कार्यालयमा आएको र दुवैलाई राखेर कुरा गर्दा लोकेन्द्रे आगामी दिनमा घटना नदोहोर्याउने भन्दै प्रतिवद्धता गरेको र हामी मिलापत्र गरेर जान्छौं भनेपछि मिलापत्र गराएर पठाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक सन्तोष बुढाथोकीले बताए ।

तनहुँमा दरबन्दी भएका श्रीमती पिट्ने लोकेन्द्र नाउ हालै मात्रै जिल्ला प्रहरी कार्यालय मुस्ताङ् सरुवा भएको बुढाथोकीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: