ए राष्ट्रपति आमा !


प्रकाशित मिति :2018-08-09 16:00:18

मेरो यौनाङ्गबाट बगेको
त्यो रगतको धाराले
म झुलेको कोक्रो हुँदै
ए राष्ट्रपति आमा
तिम्रो चोली रङ्गीसक्यो
अब त बोल न ।

म अबोध बालिकालाई
यति मात्रै थाहा छ
आमाको फरियाको फेरो समाएर
त्यो मन्दिर जाँदा
मेरी आमाले जति नै जोडले
त्यो मन्दिरको घण्टा बजाए पनि
त्यो पत्थर त बोल्दैन
तर आमाले भनेको
तिमी त राष्ट्रपति आमा
त्यो पत्थर हैन रे ।

रुपा थापा

मैले त जिन्दगीलाइ नबुझ्दै
मेरो अस्तित्व लुटिएको छ
यो तिम्रो देशमा
मेरो यौनाङ्गबाट बगेको
त्यो रगतको धाराले
मेरो आमाको छाती पोलेर
बगेको त्यो अश्रुधाराले
राष्ट्रपति आमा भिजेको छ
तिम्रो त्यो फरिया पनि
अब त बोल न ।

थाहा छैन राष्ट्रपति आमा
भर्खरै तोतेबोली बोल्दै गरेकी
म अबोध बालिकालाई
तिम्रो देशको नागरिक
हुने बेलासम्ममा ती नरपिचासहरूले
मेरो यौनाङ्गमा दाह्रा घसेर
जिउँदो छोड्छन कि छोडदैनन् ।

मैले आँखा उघारेको
मेरो घरको आगनीमा
म त्यो पुताली जस्तै उड्दै
खेल्न सक्छु कि सक्दिन
मेरो कसुर यत्ति भयो
म एउटा छोरी भएँ
अनि मसँग
एक थान योनी छ
त्यसकारण ती ब्वाँसाहरूले
मेरो योनीमा नजर लगाउँछन् ।

मेरी आमाले भनेको
छिमेकी देशमा त
ब्वाँसाहरूलाई फाँसी दियो रे
त्यसैले राष्ट्रपति आमा
यो छोरीहरूको यौनाङ्गबाट बगेर
रगतले भिजेको त्यो कोक्राको
कसम खाएर यत्ति भनिदेउ
मेरा छोरीहरूको यौनाङ्गमा
दारा घस्ने ती ब्वाँसाहरूलाई
जिउँदो छोडिने छैन भनेर ।

विदुर १ नुवाकोट ढुंगे

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: