प्रस्तावित नागरिकता विधेयक भन्छ – बाबु सत्य, आमा विश्वास


प्रकाशित मिति :2018-08-09 16:37:52

– महिला खबर–

ललितपुर । प्राकृतिक न्यायको सिद्धान्तले सन्तानको हकमा आमालाई सत्य र बाबुलाई विश्वास ठान्छ । सन्तानलाई १० महिना कोखमा राखेर जन्म दिने आमा सत्य होइनन् भन्ने कुरा प्रमाणित गर्न त विज्ञानले पनि सकेको छैन र सम्भवतः सक्दैन पनि ।

तर, साउन २२ गते मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संसदमा पेश गरेको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमालाई होइन बाबुलाई सत्य ठानेको छ र जन्म दिने आमा त केवल विश्वास मात्रै ।

सन्तान जन्माउने आमा । तर पहिचानको हकमा भने आमाप्रति अविश्वास गर्दै संसदमा विधेयक दर्ता भएको छ । दर्ता विधेयकले मूल ऐनको दफा ८ को नागरिकताकोे प्रमाणपत्र प्राप्तीको लागि निवेदन दिनुपर्ने व्यवस्थामा थप गरिएको एउटा व्यवस्था हेरौं, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको पुष्ट्याईंसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’

विधेयकमा व्याख्यात्मक टिप्पणी पनि छ । उक्त व्यवस्थालाई थप गर्न पर्नुको कारणमा अझ प्रष्ट्याईएको छ, ‘बाबु पहिचान नभएको अवस्थालाई सम्बन्धित व्यक्तिबाट विश्वसनीय बनाउन ।’

‘यसको अर्थ नागरिकता प्रदान गर्ने निकायले आमाको चरित्रमा सिधै प्रश्न गरेको हो’ अधिवक्ता शशी बस्नेत भन्छिन्, ‘बाबुले नागरिकता बनाउन जाँदा आमाको अस्तित्वको खोजी गर्नुपर्ने प्रावधान कहिँकतै देखिँदैन । आमाले चाहिँ आफ्नो स्वतन्त्र अस्तित्व बाँच्न पाउने समानताको हक पनि कुण्ठित भयो ।’

महिलाको मात्रै होइन नागरिकता लिने सन्तानको पनि प्रतिष्ठामा आँच आउने किसिमले यो व्यवस्था ल्याइएको कानून व्यवसायीहरुको टिप्पणी छ । अधिवक्ता बस्नेत भन्छिन्, ‘आमाको पहिचान र आमाको स्वघोषणा पुष्टि गर्नुपर्दा नागरिकता लिने सन्तानको पनि मानसिकतामा आफ्नो जन्मप्रति नै नकारात्मक धारणा आउन सक्छ ।’

सरकारको तर्फबाट संसदमा दर्ता भएको यो विधेयकमा सांसदहरुबीच छलफल हुन भने बाँकी नै छ ।

नेकपा कै सांसद कृष्णभक्त पोखरेल भन्छन्, ‘संविधानको भावना विपरित र महिलाको अस्तित्वमा आँच आउने तरिकाबाट विधेयक आएको रहेछ भने हामी पास हुन दिँदैनौं ।’

तर यस विषयमा लैंगिकताको विषयमा चर्को बोल्ने सांसदहरु (महिला पुरुष दुवै) बाट भने सार्वजनिक धारणा आएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: