महिलाका विषयलाई प्राथमिकता दिन जनप्रतिनिधिको आग्रह


प्रकाशित मिति :2018-08-12 11:39:11

–महिला खबर–

पोखरा । गण्डकी प्रदेशका जनप्रतिनिधि महिलाले संचार माध्यमले महिलाका विषयलाइ प्राथमिकता दिनु पर्ने बताएका छन् । सञ्चारिका समूह नेपालले पोखरामा गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

‘स्थानीय सरकारमा महिलाः संचार माध्यमसँगको सहकार्य’ विषयक दुई दिने अन्तरक्रियामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो ।

जनप्रतिनिधिहरुले सञ्चार क्षेत्रले स्थानीय तहका महिलाका विषयलाई कम प्राथमिकता दिने गरेका गुनासो थरे ।

पत्रकारहरुले जनधारणा निर्माण गर्ने भन्दै महिलालाई हौसला र प्रेरणा दिन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

संघीय शासन व्यवस्था लागु भइसकेपछि हरेक अधिकारहरूवडा तहमा पुगेकोले स्थानीय महिलालाई विकासको मुलधारमा ल्याउन सञ्चार क्षेत्रले सघाउनु पर्ने उनीहरुको धारणा थियो ।

हरेक नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य जनप्रतिनिधिहरुले गरेका कामलाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने पनि उनीहरुको भनाइ थियो ।

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, समाधान राष्ट्रिय दैनिकका प्रधानसम्पादक नारायण कार्की, सम्पादक रामकृष्ण ज्ञवाली, पोखरापत्र दैनिकका प्रधानसम्पादक पुण्य पौडेल, कान्तिपुर दैनिकका क्षेत्रीय ब्युरो प्रमुख भीम घिमिरे, समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, संचारिका समूहका केन्द्रीय महासचिव कमला पन्थी,लगायतले बोलेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: