बन्धक बनाई बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2018-08-12 13:44:17

–महिला खबर–

कालिकोट । जिल्लाकी एक १५ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बम रहेका छन् ।

बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको आरोप छ । पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र त्यही आधारमा हिजो शनिबार बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

साउन २५ गते नै पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको प्रहरीले जानकारी दिएको छ ।

बमलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डीएसपी बिनोद शर्माले बताए । ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: