सुदूरपश्चिममा बलात्कार विरुद्ध अभियान


प्रकाशित मिति :2018-08-12 15:15:06

–महिला खबर–

ललितपुर । सात नम्बर प्रदेशका महिलाहरूले बलात्कार विरुद्ध विशेष अभियान शुरु गरेका छन् ।

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको संयोजनमा सात नम्बर प्रदेशमा बलात्कार विरुद्ध विशेष अभियान शुरु गरिएको हो ।

देशभर बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरूलाई गम्भीरताका साथ लिंदै, घटनाको यथासिघ्र अनुसन्धान गरि पीडकको सहि पहिचान, पीडित\प्रभावितको न्यायका लागि राज्यको ध्यानाकर्षण गर्न अभियान थालिएको हो ।

कैलालीका महिला मानवअधिकार रक्षकहरूको अगुवाईमा गएको असार महिनामा कैलालीकी २० वर्षीया युवतीको सामूहिक बलात्कारपछि भएको हत्या र कञ्चनपुरकी १७ वर्षीया किशोरी र १३ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या विरुद्ध साउन १७ गते शुरु गरिएको पहिलो चरणको आन्दोलन साउन २४ गते सकिएपछि दोस्रो चरणको आन्दोलन शुरु गरिएको सञ्जालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिइन् ।

साउन १७ गते शुरु गरिएको पहिलो चरणको आन्दोलन ।

बलात्कार, यसका कारण, बलात्कार प्रभावित र पीडितहरूको मानवअधिकारलाई केन्द्रमा राख्दै यो अभियान अगस्त १० देखि शुरु गरि डिसेम्बर १० अर्थात् मानवअधिकार दिवससम्म संचालन गरिने पनि केन्द्रीय अध्यक्ष अधिकारीले बताइन् ।

अभियानको संयोजक महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय संजालकी केन्द्रीय सदस्य निर्मला बागचन्द, सहसंयोजक इन्सेक नेपालका कृष्ण बि.क. र सिविन नेपालका हरिलाल चौधरीलाई जिम्मा दिईएको जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थलगत अनुगमन

यस्तै महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीको नेतृत्वमा महिलाहरूले यही साउनको पहिलो साता कंचनपुरमा एक १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनपछि महिलाहरूले कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलाई भेटि प्रहरी अनुसन्धानका सम्बन्धमा जानकारी लिएका छन् ।

प्रहरीको अनुसन्धान प्रक्रियालाई तिब्र बनाई अनुसन्धानका प्रक्रियाहरूका बारे महिला आन्दोलनकर्मी, पीडित परिवारलाई बेला बेलामा जानकारी गरानुका साथै चाँडो भन्दा चाँडो अपराधीहरू पक्राउ गरि हदैसम्मको कार्वाही गर्न पनि उनीहरूले अनुरोध गरेका छन् ।

अभियानका मागहरू

– हालसम्म बाहिर आएका घटनाहरू बिशेषतः निर्मला पन्तको बलात्कार गरि हत्या गर्ने र उक्त कार्यलाई सघाउने सबै पीडकहरूको सत्य तथ्य उचित अनुसन्धानको माध्यमबाट अबिलम्ब बाहिर ल्याई दोषीलाई हदैसम्मको कारवाही गरियोस् ।
– अठार वर्ष भन्दा कम उमेरका बलात्कार प्रभावित र पीडित बालिकाहरूको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्शका साथै शिक्षा, जीविकोपार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक पुनः एकीकरणको व्यवस्था गरियोस् ।
– फौजदारी संहितामा रहेको बतात्कारका दोषीलाई विभिन्न उमेर समूहका लागी फरक फरक सजायको व्यवस्थाका प्रावधानहरू खारेज गरियोस् ।
– बलात्कारीलाई सर्वस्वहरणसहित आजन्म कैदको व्यवस्था गरियोस् ।
– स्थानीय तहका टोलटोलदेखि सबै तहमा बलात्कार विरुद्धको अभियान संचालन गरियोस् ।
– बलात्कारको प्रमुख कारणको रुपमा रहेको महिलालाई हेर्ने विभेदकारी परम्परालाई निर्मूल गर्न समुदाय तहदेखि नै हानिकारक परम्परा विरुद्धको रणनीति बनाई कार्यान्वयनको व्यवस्था गरियोस् ।
– समुदाय तहदेखि नै सकारात्मक शिक्षा पुरुषहरू कै नेतृत्वमा सुरु गर्ने सरकारी तवरबाट नै व्यवस्था गरियोस् ।
– सामुदायिक प्रहरीको व्यवस्था, टोलटोलमा सुरक्षाको संयन्त्र निर्माण गर्दै सुरक्षाको व्यवस्था निर्माण ।
– समुदाय तहदेखि नै लागु पदार्थ दुब्र्यसन विरुद्धको अभियान संचालन, दुब्र्यसनमा फँसेकाहरूको पुनःस्थापना र मनोविमर्शको व्यवस्था गरियोस् ।
– युवा, किशोर किशोरीहरूका लागी समुदाय तहदेखि मनोविमर्ष, यौन शिक्षा, व्यवशायिक परामर्शको व्यवस्था गरियो ।

बलात्कार विरुद्धको चार (अगष्ट १० देखि डिसेम्बर १० सम्म) महिने अभियानका कार्यक्रमहरू

– अगष्ट १० तारिख ३ बजे धनगढीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारे जानकारी ।
– हरेक हप्ताको शुक्रबार दिउँसो ११ देखि १२ बजेसम्म मुख्यमन्त्रिको कार्यालयमा धर्ना ।
– हरेक महिनाको अन्तिम शुक्रबार ¥याली ।
– एक हप्ताभित्र प्रदेश स्तरीय महिला मानवअधिकार रक्षकहरू, सामाजिक संघ संस्थाहरूको भेला गरि समुदाय तहदेखि अभियान संचालनको कार्ययोजना तयार ।
– हरेक जिल्लामा ¥याली एवं जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्ना ।
– “लैंगिक सम्बेदनशिलता र पत्रकारको भूमिका” सम्बन्धि अन्तरक्रिया पत्रकार महासंघसँगको सहकार्यमा संचालन ।
– नेपाल प्रहरी र लैंगिक सम्बेदनशिलता सम्बन्ीध हरेक जिल्लामा अन्तरक्रिया ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: