गर्भवती महिलालाई निशुल्क अण्डा


प्रकाशित मिति :2018-08-12 15:59:09

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले गर्भवती महिलाहरुलाई निशुल्क कुखुराको अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाउन यो कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।

गर्भावस्थामा चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने भए पनि शैलुङ गाउँपालिकाभित्रका गर्भवती महिलाहरु मध्ये आधाले पनि नियमित स्वास्थ्य जाँच नगराउने तथ्याङ्क देखिएपछि गाउँपालिकाले निशुल्क कुखुराको अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको गाउँपालिका प्रमुख भरत दुलालले बताए ।

आर्थिक वर्ष ०७५\०७६ को नीति तथा कार्यक्रममा समावेश गरी गाउँपालिकाभित्रका गर्भवती महिलाहरु हरेक पटक स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्र आउदा एक क्रेट अण्डा निशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिका प्रमुख दुलालले बताए ।

कुखुराको अण्डाले गर्भवती महिलाको पोषणमा पनि सुधार हुने र गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने कुरामा पनि महिलाहरु सचेत हुने भएकोले यो कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

आठ वडा रहेको शैलुङ गाउँपालिकाको कुल २० हजार ९८ जनसंख्या मध्ये ५१ प्रतिशत महिला छन् ।

गाउँपालिकामा वार्षिक सरदर ५ सय महिला गर्भवती हुने गरेको र त्यसमा स्थानीय स्तरमै सुत्केरी हुने महिलाको संख्या ४ सयको हाराहारीमा रहने भएकोले निशुल्क कुखुराको अण्डा वितरण कार्यक्रमको लागि आर्थिक वर्ष ०७५\०७६ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख दुलालले बताए ।

विगतको तथ्याङ्क हेर्दा गाउँपालिकाभित्र रहेका पाँच स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने गर्भवतीको संख्या अत्यन्त न्यून रहने गरेकोमा कार्यक्रम सुरु भएपछि यो संख्या बढ्दै गएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बलराम कार्कीले बताए ।

गर्भवती महिलाहरुलाई निशुल्क अण्डा उपलब्ध गराउन सकेसम्म स्थानीय उत्पादनलाई प्राथमिकता दिईने र यसले विशेष गरी महिलाहरुलाई उद्यमी बन्न समेत टेवा पुग्ने गाउँपालिका प्रमुख दुलाल बताउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: