चाँडो मुद्दा फैसला नहुँदा सेफ हाउसको बास


प्रकाशित मिति :2018-08-12 17:16:10

-महिला खबर- 

ललितपुर । काठमाडौंको मुलपानीकी उनी दिनहुँ श्रीमानको पिटाई सहेर ७ वर्ष बसिन् । २०६९ साल बैशाख १६ गते विवाह गरेकी उनीसंग यतिबला ४ वर्षकी छोरी छन् ।

विहेको ४ महिना बितेको थिएन । श्रीमानले जाँड रक्सी खाएर दिनहुँ कुटपिट गर्न थाले । श्रीमानको दिनदिनैको कुटाइबाट थिलोथिलो भएको उनका टाउकोदेखि खुट्टासम्म खाटा छन् ।

श्रीमानले कहिले लाठी, कहिले धारिलो हतियारले कुट्न थाले । गाली र अपमान त कति हो कति । श्रीमानको यस्तो हर्कत विरुद्ध गाउँ नजिकैको प्रहरी चौकीमा ८ पटक पुगिन् उनी ।

उजुरीको आधारमा उनका श्रीमानलाई पक्राउ गर्न प्रहरी पनि ८ पटक उनको घर मै पुग्यो । पक्राउ पनि गर्यो । पक्रेर प्रहरी कार्यालय लैजाने । उनलाई पनि बोलाउने र मिलापत्र गराएर घर फर्काउने बाहेक केही काम भएन ।

उनका श्रीमान प्रहरी सामु ‘अबदेखि कहिले कुट्पिट गर्दिन् । जाँड रक्सी समेत खान्न’ भन्दै बाचा कसम खान्थे । प्रहरीले पनि श्रीमान हो । सुध्रिन्छ भन्दै आश्वासन दिन्थ्यो । प्रहरीले मिलापत्र गराएर घर पर्काएपछि फेरि समस्या उस्तै । ‘मलाई प्रहरीकोमा पुर्याइस् भन्दै फेरि सुरु हुन्थ्यो कुटपिट र गाली बेइज्जतीको वर्षा’ उनले पीडा पोखिन् ।

‘छोरीसंगै छ । सानै छे । घर जाउँ भने फेरि कुटपिट गर्छ कि भन्ने डर । संस्थाको भरमा कति दिन बस्नु । कहाँ जाऔं । के गरौं । निकै चिन्ता लागेको छ’ उनले भनिन् ।

९ महिना सुधार गृहमा

श्रीमानको यस्तो व्यवहारले आजित भएपछि श्रीमानलाई ९ महिना ललितपुरको सुधार केन्द्रमा राखिन् । ९ महिनासम्म सुधार केन्द्रमा राख्दा त सुध्रिए होलान् भन्ने ठानिन् । त्यहाँबाट निकालिन् । घर पुगेको भोली पल्टदेखि व्यवहार त उस्तै । ‘मलाई सुधार केन्द्रमा राखेर आफू घरमा मस्ती गर्ने भन्दै कुटपिट र गाली बेइज्जती गर्न थाल्यो’ उनले भनिन् ।

शरीरका निलडाम देखाउँदै उनले भनिन्, ‘टाउकोमा त कति चोट छ, छ । शरीर दुखिरहन्छ । शरीरको कुनै भाग सद्दे छैन ।’ अब आफ्नो र छोरीको ज्यान जोगाउनका लागि पनि श्रीमानसँग संगै बस्न नसक्ने उनले बताइन् ।

श्रीमानको हिंसा सहन नसकेपछि २०७४ साल पुस ७ गते जिल्ला अदालत काठमाडौंमा मानाचामल र जाल साँचमा मुद्या दर्ता गराईन् ।
मुद्दा दर्ता गराएको भए पनि अदालतले अझैंसम्म श्रीमानलाई अदालतमा झिकाउन नसकेको उनले गुनासो गरिन् ।

कानूनी लडाइँ लड्न पनि झन् समस्या रहेछ । ‘कहिले फैसला हुन्छ । मैले कहिले न्याय पाउँछु, थाहा छैन’ उनले भनिन् ।  स्कुल जानुपर्ने उमेरकी छोरीसँगै काठमाडौँको एउटा सेफ हाउसमा आश्रय लिइरहेकी छन् उनले । ‘अदालतमा मुद्दा दर्ता गराएको भए पनि अहिलेसम्म फैसला नहुँदा अब कहाँ जाने के गर्ने भन्ने चिन्ता लागेको छ’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: