छुवाछुतको अचुक औषधी कानून कार्यान्वयन


प्रकाशित मिति :2018-08-13 16:09:27

–महिला खबर–

ललितपुर । देश संवैधानिक रुपमा जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा पनि भने छुवाछुत हट्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । कानूनको प्रभावारी कार्यान्वयन नै विभेद हटाउने अचुक औषधी भएकोमा पनि जोड दिइएको छ ।

छुवाछुत विरुद्ध बनेका ऐन कानूनहरुको कडाईका साथ कार्यान्वयन हुन नसकेका कारण जातिय विभेद उस्तै रहेको अधिकारकर्मीको आरोप छ ।

दलित महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको ‘न्यायमा समान पहुँच : दक्षिण एसियाली जातीय विभेद अन्त्यका लागि कानूनको भूमिका’ क्षेत्रीय सम्मेलनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष अनुपराज शर्माले जातीय विभेदका घटनाले एक्काइशौं शताब्दीलाई गिज्याएको बताए ।

अध्यक्ष शर्माले भने, ‘अहिले पनि महिला, बालबालिका, सिमान्तकृत व्यक्तिहरु मानवअधिकारका घटनाबाट पीडित छन् । जातीय विभेद हट्न सकेको छैन ।’

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानूनले नै जातीय विभेदलाई दण्डनीय मानेको भन्दै कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताइन् । उनले भनिन्, ‘पीडित केन्द्रीत संविधान, कानून बनेको छ । त्यसैले यसलाई कार्यान्वयमा जोड दिनुपर्छ ।’
न्याय प्रणाली फितलो भएका कारण पनि दलितहरुको न्यायमा पहुँच कम हुने गरेको न्यायाधीश मल्लले बताइन् ।

सांसद निरा जैरुले जातकै आधारमा स्थानीय तहमा चुनिएका दलित जनप्रतिनिधि पनि पीडित रहेको बताइन् ।

मानव अधिकार आयोग बंगालादेशका सदस्य इनामुल होक्यू चौधरीले कानून कार्यान्वयनको पक्ष फितलो भएकै कारण मानव–मानवबीचमा विभेद हुने गरेको बताए ।

उनले जातीय विभेद नेपालमा मात्रै नभएको भन्दै भारत, बंगालादेश लगायत दक्षिण एसियाका देशहरुमा समस्याका रुपमा रहेको बताए ।
एसियन दलित अधिकार फोरमका अध्यक्ष पावल दिवाकरले जातीय विभेद अन्त्य गर्न समान खालको सिद्धान्त आवश्यक पर्ने बताए ।

दलित एनजीओ महासंघका भक्त विश्वकर्माले छुवाछुतलाई संविधानले समेत दण्डित गरेको अवस्थामा कानून कार्यान्वयन नै विभेद हटाउने अचुक औषधि हो भने । उनले दलितभित्र पनि महिलाको अवस्था दयनीय रहेको बताए ।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले सम्मेलनले न्यायपूर्ण समाज निर्माण गर्न जोड दिन सहयोग पुग्ने अपेक्षा राखिन् ।

कार्यक्रममा दलित महिला संघकी दर्गा सोवले स्वागत मन्तव्य राखेकी थिइन् भने ओपन सोसाइटीकी सुमिया स्लामले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगालादेश लगायत ९ देशका दलित अधिकारकर्मीहरुको सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: