बैतडीकी सरस्वतीलाई दर्नाल अवार्ड


प्रकाशित मिति :2018-08-14 10:44:31

–महिला खबर–

ललितपुर । बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपाललीलाई यसवर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड प्रदान गरिने भएको छ ।

जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको दर्नाल अवार्ड २०१८ मा नेपालीलाई प्रदान गर्न लागेको हो ।

सरस्वती नेपाली

अवार्डको राशी ५ लाख रुपैयाँको रहेको आयोजकले विज्ञप्ती निकालेर जनाएको छ । साउन ३० गते बुधबार एक कार्यक्रम गरी अवार्ड हस्तान्तरण गरिने आयोजकले जानकारी दिएको छ ।

सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन् । सन् २००८ देखि २०११ सम्म भूमिअधिकार मञ्च, बैतडीको संयोजक रहेकी नेपालीको अगुवाईमा ३७ परिवार भूमीहिनले २ रोपनीजग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा अभियन्ता डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई पनि सम्मान गरिने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: