बहुविवाह स्वतः बदर तर दोस्री श्रीमतीले अंश पाउने !


प्रकाशित मिति :2018-08-14 14:10:04

–महिला खबर–

ललितपुर । देवानी संहिता २०७४ ले बहुविवाह स्वतः बदरको व्यवस्था गरेको छ । तर सम्बन्ध बिच्छेद नहुँदै बहुविवाहलाई स्वीकार गर्ने गरी दोस्री श्रीमतीले पनि अंश पाउने व्यवस्था गरेको छ ।

भदौ १ गतेदेखि लागु हुने देवानी संहिताको दफा ८२ ले ३ अवस्थामा पुनः विवाह गर्न सक्ने व्यवस्था गरेको छ । कानूनी रुपमा सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा र पति र पत्नी कानून बमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा पुनः विवाह गर्न पाउने व्यवस्था छ ।

तर देवानी संहिताकै दफा २१० ले भने दफा ८२ को व्यवस्थासँग बाझिने गरी अंश पाउने व्यवस्था गरेको छ ।

दफा २१० को उपदफा २ मा भनिएको छ, ‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आफूले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनुपर्नेछ ।’

‘यो व्यवस्थाले पुरुषको दोस्रो विवाहलाई स्वीकार गरेको देखिन्छ ।’ अधिवक्ता शशी अधिकारी भन्छिन्, ‘भदौ १ गतेअघिको विवाहको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन हुने देखिन्छ । भदौ १ गतेपछिको विवाहको हकमा अघिल्ला व्यवस्थासँग बाझिने भएकोले संशोधन गर्नुपर्छ ।’

तर, कानूनमन्त्री भानुभक्त ढकालले साउन २३ गते राष्ट्रियसभामा संशोधनको लागि लगेको विधेयकको दफा २१० को संशोधनको विषयमा केही बोलेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: