नागरिकतामा समानता खोज्दा राष्ट्रिय सुरक्षा ख्याल गरौंः गृहमन्त्री


प्रकाशित मिति :2018-08-14 16:36:30

–महिला खबर–

ललितपुर । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकता प्रदान गर्ने विषयमा समानता र अधिकारको कुरा गर्दा राष्ट्रिय सुरक्षालाई ख्याल गर्नुपर्ने बताएका छन् ।

आज मंगलबार संसदमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘नागरिकतामा सबैको समान अधिकार हुनुपर्छ भन्ने सैद्धान्तिक आधार हो । तर हामीले नागरिकता प्रदान गर्दा राष्ट्रिय सुरक्षा पनि हेर्नुपर्छ ।

सदनमा विधेयकमाथिको छलफलमा बोल्ने अधिकांश सांसदहरूले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी नागरिकता विधेयक ल्याइएको बताएका थिए । उनीहरूको भनाइलाई सम्बोधन गर्न थापाले दिएको जवाफ जस्ताको त्यस्तैः

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा सुझाव दिनुभएकोमा धन्यवाद । संशोधन १४ दफामा प्रस्तुत गरिएको छ । तपाईंहरूले सैद्धान्तिक आधारका बारेमा गर्नुभएको चासो र चिन्ताप्रति मेरो पनि ऐक्यवद्दता छ ।

सरकारले यो प्रस्ताव विधेयक निर्माण गरेको मात्रै हो । अब यसलाई कस्तो बनाउने जिम्मेवारी हामी माननीयहरूकै हो । ऐन कस्तो बनाउनुपर्ने मूल जिम्मेवारी सदनकै हो ।

यो ऐन निर्माणको सैद्धान्तिक आधार भनेको नेपालको जनसंख्या हो । अहिले लगभग ३ करोड जनसंख्या छ । सबै नेपालीले नागरिकता पाउनुपर्छ भन्ने सरकारको सैद्धान्तिक आधार हो ।

दोस्रो, गैर नागरिकले नागरिकता पाउनुहुँदैन । तेस्रो नागरिकता वितरणमा कुनै भेदभाव हुनु हुँदैन । लैंगिक वा क्षेत्रीय आधारमा, जातीय आधारमा नाागरिकतामा विभेद हुनुहुँदैन । नागरिकतामा सबैको समान अधिकार हुनुपर्छ भन्ने सैद्धान्तिक आधार हो ।

हामीले नागरिकता प्रदान गर्दा हाम्रो राष्ट्रिय सुरक्षाको प्रश्नमा ध्यान दिनुपर्छ । समानता र अधिकारको कुरा गर्दा राष्ट्रिय सुरक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो ।

सबै मुलुकले नागरिकता प्रदान गर्दा राष्ट्रिय सुरक्षालाई आधार मानिने गरिन्छ । समानताको आधारमा सबै नागरिकले नागरिकता पाउन्, दोहोरो नागरिकता नहोस् भन्ने कुरालाई ध्यानमा राखेर विगतका त्रुटी सच्याउने गरी विधेयक आएको छ ।

३ करोड नेपालीले नागरिकता पाउनुपर्छ, त्यो उनीहरूको अधिकारको कुरा हो । विधेयक विभेदकारी रहेछ भने सच्याउन परिमार्जन गर्न सदनले भूमिका खेल्नेछ । विभेदकारी नहोस् भन्नेमा ध्यान दिईएको छ । सुरक्षाको दृष्टिकोणले पनि व्यवस्था समावेश गरिएको छ ।

माननीय ज्यूहरूले अझ विशेष गरी महिला माननीय ज्यूले संवेदनशिल रुपमा विषय उठाउनुभएको छ । विधेयकमा विभेदकारी दफा उपदफा छन् भन्नु भएको छ ।

मधेशका माननीयहरूले पनि विषय उठाउनुभएको छ । यसमा सरकारको गम्भीर ध्यान गएको छ । अब यो विधेयक सरकारको होइन, सदनको हो । यसको त्रुटी सच्याउने काम हाम्रो हो । सदनले सहयोग गर्ने नै छ । यसलाई अगाडि लैजान पनि सदनलाई अनुरोध गर्छु । धन्यवाद ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: