‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन


प्रकाशित मिति :2018-08-16 16:45:38

–महिला खबर–

ललितपुर । राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राखेको आरोपमा भोली भदौ १ गते राजधानीका महिलाहरू सडकमा ओर्लिने भएका छन् ।

भर्खरै प्रतिनिधिसभामा छलफलका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले नेपाली महिलालाई दोस्रो दर्जाको हैसियत दिएको विरोधमा महिला मानवअधिकार रक्षकहरू आन्दोलन गर्ने भएका हुन् ।

उक्त विधेयकमा रहेको मुलुकी ऐनको दफा ८ को उप दफा १ खण्ड (क २) मा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याईसहित निज वा निजको आमाले स्वघोषणा गर्नुपर्ने’ व्यवस्थाले महिलाको अस्मिता, स्वतन्त्रता र अस्तित्वलाई अस्वीकार गरेको ठहर महिला मानवअधिकार रक्षकहरूको छ ।

यो विधेयकले २०६८ सालको जन गणना अनुसार लामो समयदेखि विभिन्न प्रकारका हिंसामा परि एकल आमाको हैसियतमा सन्तानको लालन पालन गरिरहेका एकल आमासँग हुर्केका ९ लाख सन्तानको आत्म सम्मानमा आघात पारेको आरोप महिलाहरूको छ ।

घुमाई फिराई जस्तो सुकै भए पनि बाबुको आवश्यकतालाई पुष्टि गर्ने, कानुनी रुपमा नै महिलालाई दोस्रो दर्जाका रुपमा स्थापित गर्दै महिलामाथि भईरहेका हिंसालाई नै सहयोग पु¥याउने देखिएकोले त्यसो हुन नदिन महिलाहरू सडकमा आउन बाध्य हुनुपरेको महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले बताइन् ।

दोस्रो दर्जाको रुपमा स्थापित गराउने गरि विधेयक भित्र यस्तो व्यवस्था राखेर छलफलका लागि प्रस्तुत हुनुले संविधानले दिएको महिला अधिकार समेत उल्लङ्घन भईरहेको स्पष्ट भएको पनि उनको आरोप छ ।

डा. अधिकारी भन्छिन्, ‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९ लाख बालबालिकाको आत्म सम्मानमा चोट पु¥याएको साँछी बस्नु हो ।’

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले नागरिकता सम्बन्धी विधेयक भित्रको उक्त व्यवस्थाको विरुद्धमा सदनमा बोल्ने, लेख्ने, बिश्लषण गर्ने र सामाजिक सञ्जालमा बहस चलाउने सबैलाई धन्यवाद समेत दिएको छ ।

नागरिकता विधेयक भित्रको उक्त महिला र पुरुषका विचमा विभेद गरेर प्रस्तुत गरिएको विषयलाई परिमार्जन गरि समानताको आधारमा अन्तिम रुप दिईयोस् भनि दवाव दिनको लागि भोली भदौ १ गते बिहान साढे ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म जाने जुलुसमा सहभागी हुन पनि सबैलाई अनुरोध गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: