‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा


प्रकाशित मिति :2018-08-16 18:47:29

–महिला खबर–

ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को व्यवस्था हुन नसक्दा पीडितले छिट्टै न्याय पाउन नसकेको बताइएको छ ।

संयुक्त महिला संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सांसद दुर्गा पौडेलले अहिले बलात्कारका घटनाका कुनै पनि मुद्दा फास्ट ट्रयाकको माध्यमबाट फैसला हुन नसकेको बताइन् ।

बलात्कारका कतिपय घटना पहुँचको आधारमा दबाइने गरेको भन्दै उनले बलात्कार गर्ने व्यक्ति शिर ठाडो पारेर हिँड्ने र पीडित छन् पीडित हुने गरेको बताइन् ।

सांसद पुष्पा भुसाल र रेखा शर्माले महिला तथा बालिका आफन्तबाटै बलात्कारको शिकार हुने गरेको भन्दै परिवारबाटै सचेत हुनुपर्नेमा जोड दिए । शिक्षामै यौन शिक्षा, बलात्कार जस्ता विषय समेट्नुपर्ने भन्दै समाज रुपान्तरण गर्ने बेला आएको उनीहरूले बताए ।

देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले राजनीतिक, साँस्कृतिक, वर्गिय कारण नै कानून कार्यान्वयन हुन नसकेको बताए । उनले अहिलेको सरकारले प्रभावकारी कदम चाल्न नसक्दा बलात्कार जस्ता जघन्य अपराध बढेको आरोप लगाए ।

माले स्थायी समितिका सदस्य कुमार बेलबासेले महिलाका समस्या पुरुषको पनि समस्या भएको भन्दै यसमा पुरुष पनि सजग हुनुपर्ने बताए । उनले राजनीतिक संरक्षणकै कारण पीडितले न्याय पाउन नसक्ने अवस्था आएको बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी प्रमिला भण्डारीले पछिल्लो समय उजुरी गर्ने क्रम बढेका कारण पनि बलात्कार जस्ता घटना बढेको जस्तो देखिएको बताइन् । उनले मन्त्रालयले पाठ्यक्रममा यौन शिक्षा, बलात्कार, यस विरुद्ध कानून लगायतका विषयसँग सम्बन्धित पाठ्यक्रम बनाउन शिक्षा मन्त्रालयसँग समन्वय भइरहेको बताइन् ।

गृहमन्त्रालयकी लक्ष्मी भट्टराईले बलात्कारलाई अपराधको रुपमा लिए पनि यो घट्न नसकेको बताइन् ।

अधिवक्ता ठाकुर वस्ताकोटीले बलात्कारका घटना शिक्षित व्यक्तिबाटै हुने गरेको भन्दै भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनले बढी दण्डित बनाएको बताए ।

महिला तथा बालबालिका निर्देशनालयकी प्रहरी निरीक्षक कोपीला चुँडालले बलात्कार जस्ता जघन्य अपराधका घटनामा प्रहरी संवेदनशिल भएर लागेको भन्दै यसलाई रोक्न सबैको साथ र सहयोगको आवश्यक पर्ने बताइन् ।

साहित्यकार निभा शाहले बलात्कार जस्ता जघन्य अपराध रोक्न राज्य सत्ताको संरचना नै परिवर्तनको खाँचो रहेको बताइन् ।

अनेमसंघ क्रान्तिकारीकी अम्बिका मुड्भरीले बलात्कारीलाई जेल सजाय मात्र नभई राज्यले सर्वस्व हरण गर्नुपर्ने बताइन् ।

कञ्चनपुर बालिका घटना आन्दोलनको संयोजक माया नेगीले कञ्चनपुर घटनामा राजनीतिक दलले वेवास्ता गरेको बताइन् । सो अवसरमा संयुक्त महिला संघर्ष समितिको तर्फबाट हिसिला यमिले ‘समाजमा बलात्कार बढोत्तरी किन ?’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारले जघन्य बलात्कारका दोषीलाई कडा दण्ड दिनुपर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा युवाशक्ति नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानु आचार्य, अनेरास्वव्यू छैटौका बिमल पोखरेल, पत्रकार महासंघकी सचिव लक्ष्मी पुन, प्राध्यापक सम्झना भट्टराई लगायतले मन्तव्य राख्दै आर्थिक विपन्न, पछौटे समाजमा नै बलात्कार लगायतका घट्ना बढी घट्नेमा जोड दिएका थिए ।

संयुक्त महिला संघर्ष समितिकी संयोजक मनु हुँमागाईंको अध्यक्षतमा भएको कार्यक्रममा महिला शक्ति महासंघ नेपाल अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल प्रगतिशिल महिला संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: