आमाको नाममा नागरिकता दिन माग (फोटो फिचर)


प्रकाशित मिति :2018-08-17 14:48:37

–महिला खबर–

ललितपुर । नागरिकता विधेयक संशोधनको माग गर्दै काठमाडौंमा दबाव र्‍याली  प्रदर्शन गरिएको छ । मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको आयोजनामा र्‍याली को आयोजना गरिएको हो ।

माइती घर मण्डलाबाट शुरु भएको र्‍याली  नयाँ बानेश्वरमा गएर टुंगिएको थियो । जुलसमा ‘आमाको नाममा नागरिकता दिने व्यवस्था गर, मानव अधिकार सुनिश्चित गर, नागरिकता सम्बन्धी विधेयक खारेज गर, महिला हिंसा अन्त्य गर लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै मानवअधिकारकर्मी डा. रेणु अधिकारीले नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जाको हैसियत दिएको भन्दै तत्काल सच्याउन माग गरिन् ।

उनले भनिन्, ‘सन्तानको लागि आमा नै सत्य हो । तर यो विधेयकले आमालाई विश्वासको रुपमा मात्रै उभ्याइदिएको छ । नागरिकता लिँदा आमा नभए पनि हुने तर बाबुचाहिँ अनिवार्य शर्त राखिएको छ । यो महिलामाथि राज्यले गरेको ठाडो हिंसा हो ।’

पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीका क्रममा गर्भ बोकेर, बच्चा लिएर फर्कने महिलाका बच्चाहरु अनागरिक हुन बाध्य हुनुपरेको बताइन् ।

नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपांगता भएका महिलाहरु बलात्कारको शिकार हुन बाध्य भएको भन्दै त्यस्ता बालबच्चाहरुले नागरिकता नपाउने अवस्था रहेको बताइन् ।

अन्य तस्बिरहरु हेर्नुहोस्

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: