बलात्कार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप


प्रकाशित मिति :2018-08-18 16:12:20

-महिला खबर-

ललितपुर । बलात्कारीलाई फाँसीको माग राख्दै शनिबार माइतीघर मण्डलामा पेटीकोट लगाएर प्रदर्शनका उत्रिएका महिलाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने, संविधान संशोधन गरी संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरुले कालो पेटीकोट लगाएर प्रदर्शन गरेका हुन् ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठिचार्जका साथै लात्ति र मुक्का समेत प्रहार गरेको थियो । सो क्रममा आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । अर्धनग्न प्रदर्शनमा उत्रिएका मध्ये सावित्री सुवेदी, सन्ध्या बिडारी, सन्ध्या लामा(तेस्रो लिंगीी महिला), जस्मिन ओली, दिया भण्डारी र सुरेश तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

प्रदर्शनकारीले नियन्त्रणमा लिइएका महिलालाई तत्काल रिहाइको माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: