बलात्कारीलाई आजीवन काराबास गर्न संशोधन प्रस्ताव दर्ता


सांसद विमला र दिलकुमारीले संशोधन प्रस्ताव दर्ता गरेका हुन्

प्रकाशित मिति :2018-08-19 16:07:46

–महिला खबर–

ललितपुर । राष्ट्रियसभाका महिला सांसदले बलात्कारीलाई आजीवन काराबासको सजाय राखी संशोधनको लागि प्रस्ताव दर्ता गरेका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको संशोधनमा उनीहरुले यस्तो माग गरेका हुन् ।

भदौ २३ गते सरकारले फौजदारी र देवानी संहितामा संशोधन गर्न राष्ट्रियसभामा संशोधन विधेयक दर्ता गरेको थियो । राष्ट्रियसभामा छलफलका क्रममा रहेको उक्त विधेयक अन्तर्गत बलात्कारीलाई सजाय सम्बन्धी व्यवस्थामा संशोधन माग गर्दै राष्ट्रियसभाका सांसद विमला राई पौड्याल र दिलकुमारी रावलले संशोधन प्रस्ताव पेश दर्ता गरेका हुन् ।

उनीहरुले १० वर्ष मूनीका बालिका, ७० वर्ष माथिका महिला र ‘क’ वर्गको अपाङ्गता भएका महिलालाई बलात्कार गर्ने व्यक्तिलाई आजीवन काराबासको सजायको माग राखी शुक्रबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

फौजदारी संहिताको दफा २२० को हाडनाता करणी सम्बन्धी व्यवस्थामा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा मात्रै जन्मकैदको व्यवस्था छ ।

सरकारले संशोधनको लागि प्रस्ताव गरेको बुँदा बाहेक अन्य व्यवस्थामा छलफल गर्न नपाईने हुँदा आफूहरुले अन्य बुँदामा संशोधन दर्ता गरेपनि अहिले छलफलमा नआउने सांसद विमला राई पौड्यालले बताईन् ।

नेपालको संविधान अनुसार फाँसीको व्यवस्था माग गर्न नसकिने हुँदा बलात्कारीलाई जेलमै मर्ने गरी सजायको व्यवस्था आफूहरुले माग गरेर संशोधन प्रस्ताव दर्ता गरेको सांसद दिलकुमारी रावल ‘पार्वती’ ले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: