कमलालाई यसरी बनाइयो ‘पापिनी आमा’


प्रकाशित मिति :2018-08-19 17:10:37

–महिला खबर–

ललितपुर । ताप्लेजुङ्की कमला विक ‘पापिनी आमा’ को नामले सञ्चार माध्यम र सामाजिक सञ्जालमा अपमानको ओइरो खेपिरहेकी छन् ।

वर्षदिन नपुगेका जुम्ल्याहा छोरीलाई कुटपिट गरेर चर्पीमा फ्याँकी निर्मम तरिकाको हत्या गरेको आरोपमा २१ वर्षीया कमला पक्राउ परिसकेकी छन् ।

उनको यो अपराध बारे नेपालका नाम चलेका सञ्चार माध्यम र मै हुँ भन्ने व्यक्तिहरुले समेत सिधै पापिनी आमाको दर्जा दिन भ्याए ।
अबोध छोरीहरुमाथि उनले गरेको अपराध क्षम्य खालको त छैन ।

यद्यपि एउटी आमाले आफैले जन्माएका सन्तानमाथि यतिसम्मको क्रूर व्यवहार गर्नुको रहस्य के हो ? हतारमै उनको सत्तोसराप मात्रै गरिरहने मान्छेहरुका लागि भन्ने यो विषय थप खोजीको विषय हो र हुनैपर्छ ।

जुम्ल्याहा छोरीलाई दिसा पिसावको खाल्डोमा फ्याँकेर हत्या गर्ने आमा यो हदसम्मको अपराध गर्न किन तम्सिइन् ? जिम्मेवार सञ्चार माध्यम र व्यक्तिका लागि यो खोजीको विषय हो ।

उनी जुम्ल्याहा छोरीको हत्या अभियोगमा थुनामा बसिरहँदा उनलाई यतिसम्मको अपराध गर्न लालायित गर्ने व्यक्ति र राज्य यसका भागेदार हुन् कि होइनन् ?

कमलाले छोरीलाई चर्पीमा फ्याँक्नु अघि एक वर्ष पहिले महिला खबरमा प्रकाशित उनको समाचार

http://mahilakhabar.com/news/2017/08/29/31254.html

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: