मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंह र मानवतावादमा वक्तृत्वकला


प्रकाशित मिति :2018-08-20 17:22:20

–महिला खबर–

धनगढी । मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको १४२ औं जन्मजयन्तीको अवसरमा सुदूरपश्चिमाञ्चल क्याम्पसले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अन्तरकलेज स्तरीय सो प्रतियोगिता स्वर्गीय सिंहको जन्मजयन्तीको अवसरमा भदौ ७ गते धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने एकेडेमीका निर्देशक सुवास शाहीले जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक कलेजबाट एक छात्र र एक छात्राले भाग लिन सक्ने उनले बताए ।

“वर्तमान समयमा जयपृथ्वी बहादुर सिंह र मानवतावाद” शिर्षकमा आयोजना हुने वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले एक हजार रुपैंया पाउने छन् । प्रतियोगितामा दर्ता शुल्क २ सय ५० रुपैंया रहेको छ ।

मानवतावादी दर्शनका प्रतिपादक

वि. स. १९३४ साल भदौ ७ गते बझाङ जिल्लाको चैनपुरमा जन्मिएका जयपृथ्वीबहादुर सिंहको १९९७ असोज १ गते आइतबारका दिन भारतको बैंगलोर स्थित जयभवनमा ६४ वर्षको उमेरमा मृत्यु भएको थियो ।

वि.सं. १९८५ (सन् १९२८) मा मानवतावादी दर्शनको प्रतिपादन गरी विश्वभरका मानवमा शान्ति, एकता र सहयोगमा आधारित मानवतावादी क्लब खोलेर विश्वमा मानवलाई मानव–मानवमा समानता, स्वतन्त्रता र भ्रातृत्व हुनुपर्छ भनेर नेपालका जयपृथ्वीबहादुर सिंहले शान्ति र भ्रातृत्वको पक्षमा बिगुल फुकेको २० वर्षपछि मात्र सन् १९४८ मा संयुक्त राष्ट्र संघअन्तर्गत मानवाधिकार आयोगको गठन भई यससम्बन्धी कानुन बनेको हो ।

यसकारण मानवतावादी दर्शन तथा मानवाधिकारसम्बन्धी नागरिक हकका संस्थापक दार्शनिक नेपालका जयपृथ्वीबहादुर सिंह हुन् ।

जब मानव आफ्ना छिमेकीसँग अर्थात समाजसँग मिलेर बस्न सक्दैन, तब उसको हृदयमा क्रान्तिको भावनाले जरा गाड्छ र यो क्रम बढ्दै गएमा मानवसमाज नाश हुन सक्छ ।

यसरी क्रान्तिकारी विचार बढ्दै गएपछि प्रत्येक व्यक्ति ज्यानको बाजी लगाएर आपूmलाई क्रान्तिमा होमिन पुग्छ ।

समाजमा परिवर्तन ल्याउने नाममा क्रान्ति गर्दै जाँदा सम्पूर्ण समाज नै हत्या हिंसामा परिणत हुने हुनाले मानव चेतनशील, विचारवान र तर्कद्वारा समस्या समाधान गर्न सक्ने सामाजिक प्राणी भएकाले छलफल, वार्ता र विचार विमर्शद्वारा समाजलाई चेतना दिन सकिन्छ, राष्ट्रमा परिवर्तन ल्याउन सकिन्छ, हत्या हिंसा होइन, शान्तिद्वारा राष्ट्रलाई रामराज्यमा परिवर्तन गर्न सकिन्छ ।

यही नै समाज परिवर्तनको उपाय हो र यही नै जयपृथ्वीबहादुर सिंहको मानवतावादी दर्शन हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: