सामूहिक बलात्कार आरोपमा ७ जना पक्राउ


प्रकाशित मिति :2018-08-20 17:23:42

–महिला खबर–

ललितपुर । चितवन प्रहरीले चितवनको २ ठाउँमा विभिन्न समयमा सामूहिक बलात्कार गर्ने सात जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिकाकी १७ वर्षीया बालिकालाई बलात्कार गर्ने पाँच जना र माडी नगरपालिकाकी १५ वर्षकी बालिकालाई बलात्कार गर्ने २ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता शिव शर्मा आचार्यका अनुसार भरतपुरकी बालिकालाई सामूहिक बलात्कार आरोपमा पक्राउ पर्नेमा नवलपरासी गैंडाकोटका २१ वर्षका युवराज सारुमगर, सोही ठाउँका १९ वर्षका सैन्थील धिमाल, भरतपुर महानगरका २० वर्षका आकाश थापा, भरतपुर महानगरकै ३५ वर्षका अर्जुन विक र अर्का एक १७ वर्षीय बालक रहेका छन् ।

त्यसैगरी माडीमा सामुहिक बलात्कार गरेको आरोपमा सोही ठाउँका २३ वर्षका रामप्रसाद महतो र २४ वर्षका नवराज महतो रहेका प्रहरीले जनाएको छ ।

साउनको ३० गते भरतपुर र ३१ गते माडीमा समूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरु विरुद्द अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: