कञ्चनपुर घटनाः वास्तविक अपराधी लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बन्द


प्रकाशित मिति :2018-08-21 12:29:41

–महिला खबर–

ललितपुर । बलात्कारपछि बालिका हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै आज महेन्द्रनगर बजार बन्द गरिएको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषीलाई लुकाउन खोजिएको आरोपमा स्थानीयले बजार बन्द गरेका हुन् ।

प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका मानसिक सन्तुलन ठिक नभएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरेका व्यक्ति वास्तविक अपराधी नभएको र वास्तविक अपराधी लुकाएर सबै दोष दिलीपसिंहको थाप्लोमा हालिएको आरोप बन्दकर्ताहरूको छ ।

मानसिक रोगीको आरोप

सोमबार दिलीपसिंहलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दा प्रहरीले जारी गरेको विज्ञप्तिमा उनी मानसिक रोगी भएको कुरा उल्लेख छ ।

बलात्कार र हत्यामा संलग्न दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टका अनुसार दिलीपसिंहको मानसिक सन्तुलन ठिक छैन ।

उनी प्राय घरमा पनि बस्दैनन् । जे भेट्यो त्यही खान्छन् । लुगा कसरी लगाउने भन्ने पनि थाहा छैन् । सडक पेटीमै दिन रात बिताउँछन् ।

खड्गसिंहले मानसिक अवस्था ठिक नभएको आफ्नो भाइलाई हत्यारा बनाई घटनाका मुख्य दोषी उम्काउन खोजेको आरोप लगाएका छन् ।

बलात्कार र हत्या आरोपमा पक्राउ परेका दिलीपसिंह मानसिक रोगी भएको आरोप स्थानीयको छ । घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीय थप आक्रोसित भएका हुन् ।

बालिकाको शव भेटिएको दिनदेखि नै चाँडो भन्दा चाँडो दोषीको पहिचान गर्न दवाव दिने उद्देश्यले भन्द स्थानीयले हरेक दिन आन्दोलन गर्दै आएका थिए ।

पत्रकार बीपी अनमोलका अनुसार आजको आन्दोलनमा पनि अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारी, स्कुल कलेजका विद्यार्थी लगायत स्थानीयको बाक्लो उपस्थिती छ ।

आज बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएका उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरिरहेका छन् । बन्दका कारण यातायात ठप्प भएको छ ।

२६ औं दिनसम्म अनुसन्धानमा कुनै सफलता नभइ रहेको अभिव्यक्ति दिने प्रहरीले अन्तिम समयमा आएर मानसिक स्वास्थ्य ठिक नभएका व्यक्ति अपराधी भन्दै सार्वजनिक गर्नुले घटना थप रहस्यमय बन्दै गएको आरोप स्थानीयको छ ।

रिले अनशन जारी

मानवअधिकारकर्मी शारदा चन्दका अनुसार अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयको गेटमा अघि शुरु गरेको रिले अनशन आज पनि जारी छ ।

घटनाको सत्य तथ्य पत्ता लगाउन स्थानीय प्रहरी प्रशासन असफल भएको भन्दै शुरु गरिएको रिले अनसनमा अधिकारकर्मी महिला पुरुष, विद्यार्थी, स्थानीय व्यापारी, समाजसेवी लगायतको उपस्थिती छ ।

कञ्चनपुरका व्यापारी लगायत स्थानीय नै आन्दोलनमा उत्रिएपछि बजारको अवस्था तनावग्रस्त बनेको छ ।

घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिराखेको छ ।

गएको साउन १० गते साथीको घरमा पढ्न गएकी बालिकाको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा पानी जमेको उखु बारीमा शव फेला परेको थियो ।

यो पनि हेर्नुहोस् ।

सम्बन्धित समाचार

बलात्कारीलाई फाँसीको माग, बालिकाको शव उठ्न दिइएन

     बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार

बालिका बलात्कारपछि हत्याको आरोपमा दुई पक्राउ

कञ्चनपुर बलात्कार घटनाका एक आरोपी पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: