बालिका बलात्कारको डरलाग्दो तथ्यांक


चार महिनामा एक सय १८ बालिका बलात्कृत

प्रकाशित मिति :2018-08-21 13:33:25

–महिला खबर–

ललितपुर । पछिल्लो चार महिनाको अवधिमा एक सय १८ बालिका बलात्कृत भएका छन् । केन्द्रीय बाल कल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म आमसञ्चार माध्यममा प्रकाशमा आएका बालअधिकार हनन्का घटनाहरुलाई समेटेर तयार गरिएको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो ।

सबैभन्दा बढी चैत्रमा ५७ जना बालबालिका पीडित भएका छन् । जसमा ५५ जना बालिका बलात्कृत भएका छन् । सोही महिनामा दुई जना बालक जर्मन नागरिकबाट बाल यौन दुव्र्यवहार पर्दै आएका थिए । यस्तै वैशाखमा २८, जेठमा १३ र असारमा २२ बालिका बलात्कारको शिकार भएका छन् ।

१२ प्रतिशत बालिकामाथि सामूहिक बलात्कार

बालिका बलात्कार भएका घटनामध्ये १२ प्रतिशत (१४ जना) बालिका सामूहिक बलात्कारमा परेका छन् । सामूहिक बलात्कारमा परेकी ३ जना बालिका सुस्त मनस्थितिका छन् ।

चिनजानकै व्यक्तिबाट बलात्कार

बलात्कारका घटनाहरुलाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३७ प्रतिशत (४४ जना) बालिका बलात्कार भएका छन् ।

यसैगरी छिमेकीबाट २७ प्रतिशत (३२ जना), आफ्नै बुबा तथा हाडनाताबाट १२ प्रतिशत (१४ जना), प्रधानाध्यापक तथा शिक्षकबाट ८ प्रतिशत (९ जना), प्रहरी, सेना र कर्मचारीबाट ९ प्रतिशत (११ जना) र घरेलु बाल श्रममा रहेका ७ प्रतिशत (८ जना) बालिका बलात्कृत भएका छन् ।

हाडनाताबाट बलात्कार भएका १४ जना बालिका मध्ये ८ जना बालिका आफ्नै बुबाबाट बलात्कार भएका छन् । उक्त घटनाहरु लमजुङ, रामेछाप, नवलपरासी सुस्ता पूर्व, सोलुखुम्बु, बाँके, गोरखा, इलाम र दाङ जिल्लामा घटेको छ ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १६ प्रतिशत (१९ जना) बालकहरु नै रहेको देखिन्छ भने बाँकी ८४ प्रतिशत (९९ जना) वयस्कबाट बालिका बलात्कृत भएका छन् ।

१५ देखि १८ वर्षका बढी बलात्कृत

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा ६ वर्ष वा सोभन्दामुनि ४ प्रतिशत (५ जना), ७ देखि १० वर्षका १३ प्रतिशत (१६ जना), ११ देखि १४ वर्षका २९ प्रतिशत (२९ जना) र १५ देखि १८ वर्षका ५८ प्रतिशत (६८ जना) बालिका रहेका छन् । सबैभन्दा कम उमेरको नवलपरासीमा ८ महिने बालिका आफ्नै बाबुबाट बलात्कृत भएको पाइएको छ भने १५ वर्ष उमेरका बालिकाहरु धेरै संख्यामा बलात्कारबाट पीडित भएका देखिन्छन् ।

प्रदेश ३ मा बढी बलात्कार

त्यसैगरी प्रदेश नं. १ का १० जिल्लामा १७ जना, प्रदेश नं. २ का ७ जिल्लामा २४, प्रदेश नं. ३ का ९ जिल्लामा २५, गण्डकी प्रदेशका ८ जिल्लामा २३, प्रदेश नं. ५ का ७ जिल्लामा २१, कर्णाली प्रदेशका ३ जिल्लामा ६ र प्रदेश नं. ७ का ३ जिल्लामा ४ जना बालबालिका बाल यौन दुव्र्यवहार तथा बलात्कारबाट पीडित भएका छन् ।

आ.व. २०७४/७५ को दोस्रो चौमासिकमा ७८ जना बालबालिका बाल यौन दुव्र्यवहारबाट पीडित भएकोमा यस अवधिमा १ सय २० जना बालबालिका प्रभावित भएका घटना प्रकाशमा आएका थिए ।

यसबाट बालिका विरुद्ध यौन दुव्र्यवहार र बलात्कार हुने घटनाहरुको संख्यामा वृद्धि हुँदै गइरहेकोे देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: