बोटे दराई महिलाका अायअार्जनका लागि ताल


प्रकाशित मिति :2018-08-21 14:41:42

– सृजना अर्याल –

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह चितवनले स्थानीय बोटे दराई जातीको परम्परागत पेशालाई संरक्षण गर्ने अभियान थालेको छ ।

अभियान अन्तरगत ताल निर्माण गरी दराई बोटे महिलालाई सामुहिक माछापालन व्यवसाय सञ्चालन थालेको हो । स्थानीय बोटे तथा दराई जातीका महिलाहरु माछा मारेर जीवन निर्वाह गर्ने गर्छन् ।

तालकको बीचमा पर्यटक विश्राम स्थल, कफी सप बनाउन लागिएको लागिएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराबहादुर गुरुङले बताए ।

उनका अनुसार दराई बोटे जातीका महिलाले यस तालमा सामुहिक माछापालन व्यवसाय गर्न सक्छन् । ‘दराई बोटे महिला सामुहिक माछापालन समुह नै बनाएर ताल निर्माण बढाएका छन्’, गुरुङले भने ।

तालको निमार्णसँगै उनीहरुको घरपरिवार चलाउनकै लागि जोखिम मोलेर जगंल जाने क्रम पनि रोकिने जनाइएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन ६ सय ९७ हेक्टर क्षेत्रफल ओगटेको छ । यस वनलाई सात खण्डमा विभाजन गरिएको छ । जसअन्तरगत ताल पनि एक खण्ड रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: