–महिला खबर–
बाजुरा । बुढिगंगा नगरपालिका १० का सहाराबिहीन बालक दाजुभाईलाई सहयोग रकम संकलन भएको छ ।
५ वर्ष पहिले सुत्केरी हुन नसकेर मृत्यु भएकी किडी नेपालीका १२ वर्षीय छोरा अनिल र १० वर्षका छोरा अरुण नेपाली सहयोग र सहाराको खोजीमा रहेको समाचार महिला खबरमा प्रकाशित भएपछि सहयोग रकम जुटेको हो ।
महिला खबरको समाचार पढेर नेपाल निजामती कर्मचारी संगठनले आर्थिक रकम संकलन गरी बालकलाई हस्तान्तरण गरेको छन् । संकलित रकम उनीहरुको पठनपाठनमा खर्च गरिने छ ।
संगठनले संकलन गरेको ८५ हजार २ सय १५ रकम प्रमुख जिल्ला अधिकारी चेतराज बरालमार्फत वडा नम्बर १० अध्यक्ष धर्मराज जैशीको रोहबरमा बालक दाजुभाईलाई चेक हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी संगठनका सदस्य महादेब पन्तले जानकारी दिए ।
आमाको मृत्युपछि बुबा मंगल नेपाली बिहे गरेर भारत गएपछि नाबालक दाजुभाईको लालन पालन हजुरआमा ७० वर्षीया इन्द्रा नेपालीले मागेर गर्दै आएकी थिइन् ।
नेपाल निजामती कर्मचारी संगठनले संकलन गरेको आर्थिक रकम प्रमुख जिल्ला अधिकारी मार्फत बालक दाजुभाईलाई हस्तान्तरण गरिदै ।
यो पनि हेर्नुस्
Comment Here!