संवैधानिक निकायमा नियुक्ति प्रक्रिया शुरु


प्रकाशित मिति :2018-08-21 17:03:54

–महिला खबर–

ललितपुर । राष्ट्रिय महिला आयोगसहित ८ संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया शुरु भएको छ ।

संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाको लागि परिषद सचिवालयले पद पूर्ति गर्न मंगलबार सूचना प्रकाशित गरी नियुक्ती प्रक्रिया शुरु गरेको हो । योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्यादसहित सूचना प्रकाशित गरेको छ ।

राष्ट्रिय महिला आयोगसहित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा लामो समयदेखि पदपूर्ति हुन नसक्दा समस्या हुँदै आएको थियो ।

महिला आयोगको अध्यक्ष र सदस्यको पदमा नियुक्तिका लागि यस्तो हुनुपर्नेछ योग्यता;

(क) कम्तीमा दश वर्ष महिलाको हक, हित वा लैंगिक न्याय वा महिला विकास वा मानव अधिकार र कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको महिला,
(ख) अध्यक्षको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(ग) पैंतालिस वर्ष उमेर पूरा गरेको,
(घ) नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, र (ङ) उच्च नैतिक चरित्र भएको ।

यो पनि हेर्नुहोस्

राष्ट्रिय महिला आयोग संवैधानिक बन्ने बाटो खुल्यो, प्रदेशमा पनि कार्यालय राख्न पाइने

राष्ट्रिय महिला आयोगमा एकजना पदाधिकारी

प्राथमिकतामा परेन महिला आयोग : कहाँ अड्कियो नियुक्ति प्रक्रिया ?

महिला आयोग दुई वर्षदेखी कार्यवाहकको भरमा

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: